बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालको शौचालयबाट फरार

चैत्र ७
काठमाडौं । बलात्कार मुद्दामा प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका एक थुनुवा ललितपुरको पाटन अस्पतालको शाौचालयबाट बुुधवार दिउँसो फरार भएका छन् ।

अस्पतालको शौचालयबाट फरार हुनेमा अछाम घर भएका १९ वर्षीय दीपक साउद रहेका छन् । थुनुवा साउद बिरामी भएपछि उपचारका लागि प्रहरीले पाटन अस्पताल लगेको थियो ।

उपचारको लागि अस्पताल पर्याएका साउदले आफुलाई शौचालय जान मन लाग्यो भनेपछि प्रहरीले उनलाई शौचालय लगेको थियो । शौचालय बाहिर वसेका प्रहरीलाई छक्याउँदै थुनुवा साउद दिउँसो ११ बजेतिर झ्यालबाट हामफालेर फरार भएको ललितपुर प्रहरीले जनाएको छ ।

केही समय अघि एक १७ वर्षीया किशोरीसँग साउद लिभिङ टुगेदरमा बसेका र सोही समयमा उनीहरुको बच्च जन्मिएपछि साउदले वेवास्ता गरेपछि ती किशोरीले साउद विरुद्ध बलात्कार जाहेरी दिएकी थिइन । सोही जाहेरीको आधारमा प्रहरीले साउदलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य गर्दै थियो ।

Scroll to Top