रामेछाप । रामेछाप जिल्लाका केहि किसानहरुले व्यबसायीक रुपमा गड्यौला पालन गरी उक्त गड्यौलाको मल खेत तथा पाखोवारीमा लगाउँदा अन्य रासायनिक मलको दाँजोमा सस्तो र घरमा नै उत्पादन हुने हुनाले किसानहरु उक्त मल प्रति आर्कषित वन्न लागेका हुन् ।
किसानहरुले खेती लगाउने वेलामा रासायनिक मल समयमा नपाएका कारण दुःख खेप्दै आएका रामेछापका किसानहरु अव भने रासायनिक मलको अलावा आफ्नै घरमा नै गड्यौला पालन गरी मल उत्पादन गरी विक्री सम्म गर्न थालेका छन् । खेती लगाउने वेलामा रासायनिक मलको अभाव हुनु, भेटीएमा पनि गुणस्तर युक्त मल नपाउनु, कही कतै मल भेटीएमा अत्यन्त महंंगीका कारण किसानहरुले खरीद गर्न नसकेपछि सधै समस्या व्यहोर्दै आएका किसानहरु पछिल्लो समयमा आएर गड्यौला मल प्रति आकर्षित भएका हुन ।
यसरी व्यवसायिक रुपमा नै जिल्लाको साविकका मन्थली, कठजोर, हिलेदेवि, गोठगाउँ, सालु र वाम्ती लगाएत किसानहरुले गड्यौला पालन गरी मल उत्पादन गरी विक्रि वितरण समेत गर्न थालेका छन् । विगत ९ वर्ष अघि ग्रैह्र सहकारी संस्था तामाकोसी सेवा समिति मन्थलीले गड्यौला पालन गरी मल उत्पादन गर्न थालेको थियो । संस्थाले मल उत्पादन गरेको देखेपछि आफुलाई पनि गड्यौला को मल उत्पादन गर्न निकै मन लाग्यो र मैले पनि गड्यौला व्यवसायीक हिसावले पाल्न शुरु गरेको उमाकुण्ड गाउँपालिका–२ वाम्ती की लक्ष्मी तामाङ्गले वताइन ।
उनले भनिन्– अहिले गड्यौलाको मलको निक्कै माग आइरहेको छ सवैतीरको माग अनुसार पु¥याउन नसकेको उनले वताइन । मल प्रति केजी २५ देखी ३० रुपैयाँसम्म विक्रि भइरहेको जानकारी गराइन । यसबाट माटोलाई उर्वरा बनाउनका अतिरिक्त उत्पादनमा समेत बृद्धि गर्न सकिने भएकाले राम्रो फाइदा लिन सक्ने र राायनिक मलको अभावका कारण मारमा परेका किसानलाई उक्त मलको विकल्पको रुपमा यसलाई लिन सकिने छ ।
आफ्नै घर भित्र खेर जाने फोहोरको प्रयोग गरी गड्यौला पालन गर्न सकिने भएकाले यसलाई पाल्न धेरै समस्या नपर्ने किसानहरुले वताएका छन् । तरकारीका डाँठ, पात, घाँस, पराल, स्याउला, गोवर तथा अन्य खेर जाने फोहोर खुवाएर गड्यौलाबाट प्रसस्तै मल निकाल्न सकिन्छ । गड्यौलाको मलले माटो खुकुलो पार्नुका साथै यसबाट विरुवालाई चाहिने खनिज, नाइट्रोजन, फस्फोरस, पोटास लगायतका पदार्थ उपलब्ध गराउँछ ।
कम मिहिनेतमा थोरै लगानी गरी गड्यौला खेति गरी मल उत्पादन गर्न सकिने र उत्पादित मल खेत बारीमा प्रयोगका लागि उपयुक्त हुनुका साथै विक्रि गरेर आम्दानी समेत लिन सकिने भएकाले यस तर्फ आफुहरु आकर्षित भएको मन्थली नगरपालिका–४ सालुका किसान रामवहादुर कार्की बताउँछन् ।