हराएका युवाको शव भेटीयाे

रामेछाप–१५ चैत्र ।
रामेछाप । चैत्र १० गते राती रामेछापको सदरमुकाम मन्थलीबाट सम्र्पक विहिन भएका छिमेकी सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–७ मझुवाका २६ वर्षीय शिव शरण विक पाँच दिनपछि मृत अवस्थामा भेटिएका छन् ।

विकको शव रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर स्थित बोक्सेको भिरमा शुक्रवार विहान फेला परेको हो । उनको शव सँगै उनले चलाउँदै आएको बा २६प ६०५९ नम्वरका मोटरसाइकल समेत प्रहरीले फेला पारेको छ । उनी चैत्र १० गते राती आफ्नो फेसवुकमा एउटा मार्मिक स्टाटस लेखेर रामेछापको सदरमुुकाम मन्थलीवाट सम्र्पक विहिन भएका थिए ।

उनी सम्र्पक विहिन भएको खवर उनका परिवारले खोजविन गर्ने क्रममा फेला पार्न नसकेपछि प्रहरीमा खवर गरेका थिए । प्रहरीले विकको खोजी गर्ने क्रममा चैत्र ११ गते मन्थली नगरपालिका–६ भलुवाजोर स्थित बोक्सेको पहराको सडक छेउमा मोवाइल, पर्स, हेलमेट लगाएतका सामाग्रीहरु फेला परेता पनि विक फेला परेका थिएनन ।

हराएका विक को केही सामाग्री फेला परे पनि उनलाई फेला पार्न नसकेपछि प्रहरीले उनको खोजतालस गर्दै आएकोमा उनको सामाग्री भेटिएकै स्थान भन्दा मुनी ठूलो अक्कर भिरको खोल्सामा मोटरसाइकल सहित शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए ।

विकको शव घटनास्थलवाट निकाली पोष्र्टमार्टमको लागि सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पतालमा लगिएको छ । मृतक विक को के कती कारणले मृत्यु भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

Scroll to Top