बिद्यार्थीलाई पानी लिएर बिद्यालय आउन उर्दी

रामेछाप । विद्यालयमा पिउने खानेपानीको अभाव भएसँगै जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा रहेको झट्टेश्वर मावि धोवीमा अध्ययरत वालवालीकाहरुलाई विद्यालय आउँदा आफुलाई खान पुग्ने पानी लिएर आउन विद्यालय प्रसासनले उर्दी जारी गरेको छ ।
०७२ सालमा आएको विनासकारी भुकम्पका कारण विद्यालयमा ल्याएको खानेपानीको मुहानमा ठूलो मात्रामा क्षती भएर स्थानियहरुले मर्मत गर्न नसक्दा विद्यालयमा मात्र हैन नागदह र विजुलीकोटे विच सिमानामा पर्ने धोवी वजार र आसपासका क्षेत्रका स्थानिय वासिन्दाहरुलाई समेत खानेपानीको हाहाकार भएको छ ।
खानेपानीको हाहाकार सँगै विद्यालयमा अध्ययरत वालवालीकाहरु शिक्षकहरुले समेत आफुलाई खान पुग्ने पानी विद्यालय आउँदा घरवाट नै पानी लिएर आउन विद्यालयका सवै शिक्षक र वालवालीकाहरुलाई अनुरोध गरिएको झट्टेश्वर माविका प्रधानाध्यापक केवल तिमल्सिनाले जानकारी दिए । उनले भने– विगत वर्षहरुमा विद्यालयमा वजारवाट एकधारो पानी ल्याएर विद्यालयमा खानेपानीको व्यवस्थापन गरेका थियौं । अहिले गत वर्षको भुकम्पका कारण पानी ल्याएको मुहानमा क्षती पुगेका कारण विद्यालयमा खानेपानीको समस्या भएको हो ।
विद्यालयमा खानेपानी नभएपछि विद्यालय आउँदा विद्यार्थीहरुले घरघरवाट नै पानी वोतलमा वोकेर लिएर आउने गरेका छन् । विद्यालय आउँदा वालवालीकाहरुले वोतल हुनेले पानी लिएर आउँछन् वोतल नहुनेले त्यतीकै विद्यालय आउने गरेका छन् । विद्यालयमा पढाई भइरहेका बेलामा विद्यार्थीहरुले तिर्खा लाग्यो पानी खाएर आउँछौ भन्दै विद्यालयवाट कक्षा छाडेर पानी खान गाउँ पस्नेगर्दा विद्यालयको पढाई समेत प्रभावित हुने गरेको उक्त विद्यालयले जनाएको छ ।
विद्यालयमा खानेपानी नहुँदा विद्यालय परिषरमा भएको शौचालय समेत प्रयोग विहिन भएको छ । केही वर्षअघि विद्यलयमा शौचालय नहुँदा विद्यार्थीहरु पढाई छाडेर शौचालयको लागि जंगल वा व्यक्तिहरुको वारीमा शौच गर्न पुग्दथे । उक्त विषयमा जिल्लाका विभिन्न मिडियाहरुले समाचार सम्प्रेषण पछि जिल्ला शिक्षा कार्यालयले विद्यालय परिषरमा शौचालय समेत निमार्ण गरिदिएको छ । तर पानीको समस्या हुँदा शौचालयमा ताल्चा लगाएर राख्नुको विकल्प नभएको विद्यालयका प्रअ तिम्लसेनाले बताए ।
खानेपानीको वैकल्पीक मुहान नहुँदा त्यस भेगमा वसोवास गर्ने सर्वसाधरण समेत समस्यामा परेका छन् । भुकम्पले क्षती पुगेको खानेपानीको मुहान मर्मत सम्भार हुन नसक्दा पानीको समस्या अहिले पनि उस्तै रहेको स्थानिय सोमवहादुर तामाङले

Scroll to Top