रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ डाँडागाउँमा शनिवार साँझ बलेरो दुर्घटना हुँदा गाडी चालकको घटनास्थलमा नै ज्यान गएको छ ।
खाँडादेवी गाउँपालिका–२ दिमीपोखरीवाट काठमाण्डौंका लागि यात्रु लिएर हिडेको बा १६च ३२२५ नम्वरको डबल क्याप बलेरो खाँडादेवी–१ डाँडागाउँ स्थित सडकवाट करिव ३ सय मिटर तल भिरमा खसेको थियो । उक्त दुर्घटनामा परी गाडी चालक रामेछापको खाँडादेवी गाउँपालिका–७ का ३३ बर्षिय कालुमान तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।
बलेरोमा ८ जना यात्रुहरु रहेका थिए । गाडी दुर्घटनामा परी खाँडादेवी गाउँपालिका–७ का ३७ बर्षिय रुपसिंह तामाङ, वर्ष २३ की सुुस्मा तामाङ र उनका छोरा वर्ष १० का नेस्नल तामाङ, वर्ष ३३ की सबिना तामाङ र उनकी छोरी वर्ष ७ की कुइन तामाङ घाइते भएका छन् । त्यसैगरी सोही दुर्घटनामा परी खाँडादेवी–७ कै वर्ष ४२ का दिनेश श्रेष्ठ र जापानी नागरिक वर्ष ४३ की सातो काजुभी घाइते भएका छन् ।
गाडी दुर्घटनामा परेका घाइते ८ जनाको घटनास्थलवाट उद्धार गरी थप उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल पठाइको छ । घाइते मध्ये दुुईको अवस्था गम्भिर रहेको लुघुघाट प्रहरी चौकीका इन्चार्ज रामकृष्ठ श्रेष्ठले जानकारी दिए । उनका अनुसार गाडी के कारणले दुर्घटना भयो भन्ने बिषय खुल्न सकेको छैन । प्रहरीले उक्त घटनाको बिषयमा थप अनुसन्धान अघि वढाएको जनाएको छ ।
Post Views: 273