रामेछाप । रामेछापको कारागार कार्यालयमा कैद जीवन बिताइरहेका एक कैदी वन्दीको शुक्रवार मृत्यु भएको छ ।
कर्तव्य ज्यान मुुद्धामा पुुर्पक्षको लागि कारागारमा बस्दै आएका कैदी वन्दी रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ का अन्दाजी ५२ बर्षिय बिरे दमाई भन्ने बिरे दर्जीको मृत्यु भएको हो । कारागारमा बसिरहेको समयमा अकस्मात पेट दुुखेपछि उनलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल रामेछाप भर्ना गरिएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएको कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिए । मृतक दमाईलाई कर्तव्य ज्यान मुुद्धामा रामेछाप जिल्ला अदालतले २०७९फागुन ४ गते पुुर्पक्षको लागि कारागार कार्यालय रामेछाप पठाएको थियो । कारागारमा कैदी जीवन विताइरहेका दमाई १ महिना १९ दिनको दिन उनको मृत्यु भएको हो ।
Post Views: 290