रामेछाप । एसइई परीक्षा २०७९मा सहभागी विद्यार्थीहरुलाई लक्षित गरी नेपाल टेलिकम रामेछाप शाखाले विभिन्न विद्यालयमा पुगेर निःशुल्क सिम वितरण गरेको छ ।
पहिलो चरणमा उक्त शाखाले श्री गौरीशंकर माध्यमिक विद्यालय परीक्षा सेन्टरमा पुगेर ६५ जना विद्यार्थीहरुलाई सिम वितरण गरेको हो । हाल उक्त केन्द्रमा रामेछाप नगरपालिका अन्तर्गत च्यास्कु, रामपुर, भंगेरी र बाबियार्खकका विद्यार्थीहरु एसइई परीक्षामा सहभागी रहेका छन् । नेपाल टेलिकम केन्द्रले निर्देशन गरे अनुसार यस वर्षको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई निःशुल्क सिम वितरण गरिएको नेपाल टेलिकम रामेछाप शाखाका प्राविधिक बिमल काफ्लेले जानकारी दिए ।
उनले भने– सिम वितरणको क्रममा केही विद्यार्थी छुटेको खण्डमा ती विद्यार्थीहरुले कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति पासर्पोट साइजको फोटो र अभिभावक वा आफ्नो व्यक्तिगत परिचयपत्रको प्रतिलिपि लिएर कार्यालयमा आए निःशुल्क सिम उपलव्ध हुने बताए ।
विद्यार्थीहरुलाई लक्षीत गरी नेपाल टेलिकमले सिममा विभिन्न अफरहरु समेत दिएको छ । सिम लिदा बोनस अन रिचार्ज हुने यो अफर ३ महिनासम्म उपलब्ध हुनेछ भने बोनस अन रिचार्ज ६ महिनासम्म उपलव्ध गराउने नेपाल टेलिकमले जनाएको छ । यो अफर देशभरका सामुदायिक विद्यालयमा लागु गरिएको उक्त कार्यालयले जनाएको छ ।
Post Views: 274