रामेछाप । रामेछापप नगरपालिका–६ ओख्रेनीको सिलिङ्ग चिप्टे ढुुङ्गा सामुदायिक वनमा लागेको आगो फैलदै जाँदा वन नजिकै रहेको जुनार बगैचामा पस्दा ७ सय बोट जुनारका बोट जलेर नष्ट भएको छ ।
आगलागीबाट दाना लागिसकेका जुनारका बोटमा क्षती पुुगेको हो । ओख्रेनीका जुनार किसान लालहादुर तामाङको ३ सय बोट र फत्तबहादुर खड्काको ४ सय बोट जुनार सखाप हुन पुुगेको रामेछाप नगरपालिका–६ओख्रनीकी सरीता खड्काले जानकारी दिइन । उनले भनिन्– दुुईवटा जुनार वगैचामा लागेको आगलागीवाट करिव १० लाख रुपैयाँ भन्दा बढीको क्षती हुन पुुगेको खडकाले बताइन ।
सिलिङ्ग चिप्टे ढुुङ्गा सामुदायिक वनमा लागेको आगो स्थानिय नागरिकहरुले निभाउने प्रयास गरेपनि उक्त आगो नियन्त्रण बाहिर गएको स्थानिय टिकाराम लामाले जानकारी दिए । उनले भने– बनमा आगलागी हुुनासाथ स्थानियहरुले आगो निभाउने प्रयास जारी राखेका छन् । वनमा लागेको आगो बस्तीमा पस्न नदिन विभिन्न अग्नी रेखाहरु निमार्ण गरीएको छ । हालसम्म वस्तीमा आगो नपसेपनि वन सँगै रहेको जुनार वगैचामा भने आगलागी हुँदा लाखौं मूल्यका जुनार बोटमा क्षती हुन पुुगेको लामाले बताए । ब