खसी चोर पक्राउ

रामेछाप । छिमेकीको गोठमा बाधेर राखेको खसी चोरी गरेर बिक्री गर्दै गर्दा रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवा बस्ने ३० बर्षिय हिमाल तामाङ प्रक्राउ परेका छन् । 
तामाङले मंगलवार राती स्थानिय मनोज बुढाथोकीको गोठमा बाधिरहेको दुईवटा खसी रातीको समयमा चोरी गरी बुधवार बिहान खाँडादेवी गाउँपालिका–३ भिरपानीको सित्खा बजारमा बिक्री गर्दै गर्दा स्थानियले फेला पारेपछि निजलाई पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएका हुन् । बेलुका गोठमा बाधेको खसीलाई बिहान फुकाएर बाहिर निकाल्न जाँदा खसी नभेटेपछि खसिधनी मनोज खोजतलास गर्न घर बाहिर निस्किएका थिए । 
सोही बखत स्थानियहरुले मनोजलाई भिरपानीको सित्खामा खसी बिक्री गरेको भन्ने सूचना दिएसँगै प्रहरी समेत लिएर उनी उक्त स्थानमा पुगेका थिए । बिक्री भइसकेको खसी प्रहरीले नियन्त्रणमा लिई खसी धनीलाई नै फिर्ता गरेको र खसी चोरीमा संलग्न हिमाल तामाङलाई चौपाया चोरी अभियोगमा रामेछाप जिल्ला अदालतवाट १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए । 
Scroll to Top