भिरमा विद्यालय हुँदा शिक्षकलाई बालबालिका जोगाउनै मुस्किल

रामेछाप । विहान घरवाट विद्यालय पठाएका बालबालिकाहरु दिउँसो विद्यालय छुट्टी भएर सद्धे घर फर्कन्छ की फर्कदैनन् भन्ने चिन्ताले मन्थली नगरपालिका–६ भलुुवाजोर स्थित डाँडाखर्कका अभिभावकहरुलाई दिनहुुुँ सताउने गरेको छ ।
विद्यालय भवन भिरालो जमिनमा भएको र विद्यालय परिसरमा घेरावार समेत नहुँदा मन्थली नगरपालिका–६ डाँडाखर्कमा रहेको भिमेश्वर आधारभूत विद्यालयमा अध्ययन गर्न जाने बालबालिकाहरु सधै त्रासमा विद्यालय जान वाध्य छन् । विद्यालयको सुरक्षित भवन, बालमैत्री कक्षाकोठा, चुस्त दुरुस्त प्रशासनिक तथा व्यवस्थापकिय कक्षाहरु, बालमैत्री एवंम छात्रा मैत्री शौचालय, सिर्जनात्मक अभ्यास कक्षा, इण्डोर र आउटडोर खेलै मैदानहरु हरेक विद्यालयको न्यूूनतम आधारभूत आवश्यकताहरु हुुन । तर यस विद्यालयमा केही पनि देखिदैन ।
कक्षा १ देखी ३ कक्षासम्म पढाई हुने यस विद्यालयमा विद्यार्थी समेत कम रहेका छन् । विद्यालयको हाजिरी कपीमा ३४ जनाको रेकर्ड राखेको भएता पनि विद्यालयमा नियमित कक्षामा उपस्थित हुने बालबालिकाको संख्या भने १५ देखी २० जनासम्म हुने गरेको छ । विद्यालयमा आएका विद्यार्थीहरुलाई पढाउनु भन्दा पनि उनीहरुलाई कसरी जोगाएर सकुसल घर पठाउनु भन्ने चिन्ता शिक्षकहरुलाई पर्ने गरेको छ ।
विद्यालयको भवन भन्दा बाहेक कुनै पनि खाली ठाउँ नभएकाले विद्यार्थीलाई लाइनमा राख्ने समेत गरिएको छैन । विद्यालयमा आएका बालबालिकाहरुलाई सिधै कक्षाकोठामा पसाउने र पढाई सकेपछि लाइन लगाएर घर पठाउन शिक्षकहरु लागि पर्नु पर्ने वाध्यता रहेको छ । विद्यालयको वरपर घेरावार समेत नहुँदा कतिखेर दुर्घटना हुने हो भन्ने चिन्ताले शिक्षकहरुलाई सताउने गरेको सो विद्यालयकी शिक्षीका लक्ष्मी सुवेदीले जानकारी दिइन ।
उनले भनिन्– जग्गा अभाव भएकाले भिरालो ठाउँमा विद्यालय भवन निमार्ण भएको छ । विद्यार्थीलाई पढाउनु भन्दा पनि कसरी जोगाएर घर पठाउनु भन्ने सधै पिरलो शिक्षकलाई हुने गरेको छ । विद्यालयमा आएका बालबालिकाहरु लड्ने हुनकी भनेर दिनभर कक्षाकोठामा थुनेर राख्ने र विद्यालय समयपछि घर पठाउने गरेका छौं ।
विद्यालयम ाशौचालय र खानेपानीको समेत समस्या छ । खानेपानी नहुँदा पढ्न आउँदा विद्यार्थीले नै घरवाट प्लाष्टिकको वोतलमा पानी लिएर आउने गरेका छन् । शौचालय नहुँदा विद्यालयमा अध्ययरत कलिला बालबालिकाहरु नजिकैको बारीकान्ला वा जंगलतिर जान विवश छन् । यस विद्यालयलाई हालसम्म नत वडा कार्यालयले नत मन्थली नगरपालिकाले नै हेरेको छ । नत व्यवस्थापन समितिको नै ध्यान गएको छ ।
विद्यालयमा पठाएका आफ्ना बालबालिकाहरु घरमा सद्धे आउँछन की आउँदैनन् भन्ने चिन्ताले सधै आफुहरुलाई सताईनै रहने अभिभावक रामचन्द्र घिमिरेले जानकारी दिए । उनले भने– स्थानिय सरकार छ भन्नु मात्रै छ ? विद्यालयको यो विजोग छ । बादर लड्ने भिरमा विद्यालय छ । कलिला बालबालिकाहरु विद्यालय पुग्नै गाह्रो छ । बिहान त आफुहरुले विद्यालयसम्म पुर्याएर घर फर्कन्छौं । तर दिनभर काममा घर बाहिर जानु पर्दा बालबालिकाहरु सद्धे घर आएकी आएनन् भन्ने चिन्ताले सधै सताइरहने घिमिरे बताउँछन् ।
विद्यालय भवन वनाउने जमिन नहुँदा भिरालो जमिनमा भवन निमार्ण गरेकाले समस्या भएको छ । यसलाई तत्काल विद्यालयको वरपर घेरावार गर्ने साथै सबै नागरिकहरुलाई पायक पर्ने र सहज हुने ठाउँमा विद्यालय सार्ने बिषयमा शिक्षा समिति, विद्यालय संञ्चालन तथा व्यवस्थापन समिति र अभिभावकसँग पनि छलफल गरेर अघि वढ्ने मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले जानकारी दिए ।

Scroll to Top