सूचना प्रविधि दिवसको अवसरमा रक्तदान

रामेछाप । कम्प्यूटर एशोसिएसन नेपाल (क्यान) महासंघ रामेछापले राष्ट्रिय सूचना प्रविधि दिवस–२०२३ को अवसर पारेर रक्तदान कार्यक्रम र निःशुल्क रक्त समूह परिक्षण गरेको छ ।

सुरक्षित सूचना प्रविधि सुशान र समृद्धि भन्ने मुल नाराका साथ सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको आयोेजक संस्थाले जनाएको छ । सो कार्यक्रम क्यान महासंघ रामेछापको आयोजना, नेपाल रेडक्रस सोसाईटी रामेछाप शाखाको प्राविधिक सहयोगमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा गरिएको हो ।

एकदिने उक्त रक्तदान कार्यक्रममा १० जनाले गरेको रक्तदानवाट २४ पिन रगत संकलन भएको थियो । त्यसैगरी सो कार्यक्रममा १० जनाले रक्त समूह परिक्षण गराएका थिए । रक्त समूह परिक्षणको लागि प्राविधिक सहयोग मन्थली पोलिक्लिनिकले गरेको थियो । सो कार्यक्रममा संस्थाका पदाधिकारीहरु र स्थानिय नागरिकहरुको समेत उपस्थिती रहेको थियो ।

Scroll to Top