अमेरिकाको नयाँ भीसा नीतिले १० हजार नेपाली विद्यार्थी मारमा

काठमाडौं । अमेरिकी सरकारले अन्तराष्ट्रिय विद्यार्थीको हकमा ल्याएको नयाँ भिसा नीतिका कारण दश हजार नेपाली विद्यार्थी मारमा पर्ने भएका छन् । अमेरिकाको नयाँ भिसा नीतिमा अमेरिकामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरू अनलाइन कक्षामा सहभागिता जनाउन नपाउने भएका छन्।

अमेरिकी सरकारको द स्टुडेन्ड एन्ड इक्सचेन्ज भिजिटर प्रोग्राम९एसइभिपि०ले सोमबार प्रकाशित गरेको एम–वन र एफ–वन भिसामा परिवर्तन गरी नयाँ भिसा नीति कार्यान्वयनमा ल्याएको हो । नयाँ भिसा नीतिले अब आउँदो अगस्ट÷सेप्टेम्बरको शैक्षिक सत्रमा अमेरिकामा अध्ययनरत विदेशी विद्यार्थीहरूले अनलाइन कक्षामा सहभागिता जनाउन पाइने छैन ।

विदेशी विद्यार्थी शैक्षिक संस्थाहरूमा भौतिक रुपमै उपस्थित भई कक्षा लिनुपर्नेछ । विदेशी विद्यार्थीले यो नीति नमाने अमेरिकी सरकारले त्यस्ता विद्यार्थीको भिसा रद्ध गरी स्वदेश फर्काउने नयाँ भिसा नीतिमा उल्लेख छ । कठोर भिसा नीतीका कारण अमेरिकामा स्नातकदेखि विद्यावारिधी अध्ययनरत नेपाली विद्यार्थीहरूको भविष्य नै अन्योलमा परेको छ ।

अमेरिकन सरकारले एकातिर कठोर भिसा नीति अपनाएको छ भने अर्को तर्फ कोरोनाको जोखिम भन्दै शैक्षिक संस्थाहरू बन्द गरेर अनलाईन कक्षा संचालन गर्दै आएका छन्। उनीहरूले विद्यार्थीलाई कक्षामा उपस्थित गराएर पठनपाठन गराउने जोखिम मोल्न तयार छैनन्। जसका कारण अमेरिकामा उच्च शिक्षा हासिल गर्ने सपना बोकेर गएका विद्यार्थीहरू निरास भएका छन् ।

‘भिसा नीतिले विदेशी विद्यार्थीलाई अगामी सेमेस्टरमा कक्षामा उपस्थित भएर पठनपाठन गर भन्छ तर कलेजहरू खोल्न मान्दैनन्,’ न्यूयोर्कको एक कलेजमा अध्ययनरत सुजन श्रेष्ठले भने, ‘तर अमेरिकन विद्यार्थीको लागि भने अनलाइन पठनपाठनको सुविधा कायमै छ । हामी विदेशी विद्यार्थीसँग विभेद गरिएको छ ।’ उनले गुनासो गरे, ‘म स्नातक चौथो सेमेस्टरमा अध्ययनरत छु । कोभिडको जोखिम बढ्दो छ । कलेज खुल्दैनन्, निकै मर्कामा परेका छौं ।’

नयाँ भिसा नीतिले विदेशी विद्यार्थीले अमेरिकन शैक्षिक संस्थाहरूमा एउटा विषय वा ३ क्रेडिट कोर्ष बराबरको मात्र अनलाइन पठनपाठन गर्न पाइने पनि व्यवस्था छ । अन्य विषयहरू कक्षामा अनिवार्य उपस्थित भएरै पढ्नु पर्छ । यो नियम नमाने भिसा रद्ध गरी देश निकाला गरिने उल्लेख छ ।

शैक्षिक परामर्श संस्थाहरूको छाता संगठन ईक्यानको अध्यक्ष प्रकाश पाण्डेले अमेरिकी सरकारको अप्रावासी विद्यार्थीहरूको हकमा गरिएको कठोर भिसा नीतिले अमेरिकन शिक्षा प्रति नकरात्मक प्रभाव पारेको बताए। ‘यस्तो भिसा नीतिले अमेरिका प्रति अन्तराष्ट्रिय स्तरमै नकरात्मक असर पार्छ,’ अध्यक्ष पाण्डेले भने, ‘राष्ट्रपति ट्रम्पले विदेशी विद्यार्थीलाई अमेरिकाबाट निकाल्ने उदेश्यले यस्तो नीती ल्याएको बुझिएको छ ।’ अमेरिकाको यस्तै कठोर नितिका कारण केहीँ वर्षदेखि उच्च शिक्षा हासिल गर्न अमेरिका जाने विद्यार्थीको आकर्षण घट्दै गएको तथ्यांकले देखाएको छ ।

शिक्षा मन्त्रालयका अनुसार ०७३र०७४मा तीन हजार चार सय ८३, ०७४÷०७५ मा एक हजार सात सय ७४, ०७५÷०७६ मा एक हजार चार सय ९१ र चालु आवमा सात सय ४७ ले अमेरिका जान एनओसी लिएका छन् ।

शिक्षा मन्त्रालयका उच्च शिक्षा महाशाखाका प्रमुख एवं सहसचिव रामशरण सापकोटाले अमेरिकाले विदेशी विद्यार्थीको हकमा भिसा नीति परिवर्तन गर्दा त्यहाँ अध्ययनरत १० हजार नेपाली विद्यार्थीको भविष्य अन्योल बनेको बताए । ‘शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत नेपाली विद्यार्थीको समस्या सम्बोधन गर्न कुटनिति पहल गर्ने छ,’ सापकोटाले भने,‘जापानले समेत विदेशी विद्यार्थी भिसामा कडाइ गरेको छ । यस विषयमा समेत मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’ हाल शिक्षा मन्त्रालयले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको हकमा कलेज परिवर्तन, कोर्ष परिवर्तन र तह परिवर्तनको लागि एनओसी जारी गरीरहेको छ । नयाँ एनओसी जारी बारे समेत छलफल भइरहेको छ ।’

रूबी रौनियारले नागरिकमा खबर लेखेकी छन् ।

Scroll to Top