नेपाल ट्रेड युनियन काँग्रेस रामेछापको अध्यक्षमा–अर्जुन

रामेछाप । नेपाल ट्रेड युनियन कांग्रेस रामेछापको अध्यक्षमा अर्जुन बहादुर श्रेष्ठ निर्विरोध चयन भएका छन् ।

सदरमुकाम मन्थलीमा शुक्रवार भएको टेड्र युनियनको ९ औँ जिल्ला अधिवेशनमा श्रेष्ठ निर्विरोध चयन भएका हुन् । नवगठित समितिको उपाध्यक्षमा डोरबहादुर श्रेष्ठ, उपाध्यक्ष (खुल्ला)मा रमिता राई (उपाध्यक्ष (महिला)मा मेनुका महत, उपाध्यक्ष (स्वरोजगार)मा कविता थापा चयन भएका छन् । त्यसैगरी सचिवमा मोतीलाल लामा, कोषाध्यक्षमा प्रतिभा बोहोरा, सह–सचिवमा सजल घिसिङ र सविना पौड्याल चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा क्रमशः दीपमाला खत्री, विमला कार्की, खट्कबहादुर खड्का, भुपालध्वज कार्की, मञ्जु हायु, विक्रम विसुन्के चयन भएका छन् भने महिला सदस्यहरुमा अनिता थापामगर, नरदेवी थापा र पुष्पा दाहाल चुनिएका छन् । त्यसैगरी ट्रेड युनियन काँग्रेसको संघीय प्रतिनिधिमा निवर्तमान अध्यक्ष पूर्णबहादुर सुवेदी चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा नीराजन घिसिङ, रमेश ढुङ्गेल र अप्रिल अधिकारी चयन भएका छन् ।

नेपाली कांग्रेस निकट संस्था ट्रेड युनियनमा नेपाल शिक्षक संघ, नेपाल निर्माण श्रमिक संघ, नेपाल होटेल श्रमिक संघ, नेपाल प्रेस युनियन,नेपाल स्वास्थ्य कर्मी संघ, नेपाल स्थानीय कर्मचारी संघ र नेपाल व्युटिसियन संघ लगाएतका श्रमिकहरुको संघ संस्थाहरु उक्त संस्थामा आबद्धता रहेको छ ।

टे«ड युनियन काँग्रेसका अध्यक्ष पूर्णवहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको उद्घाटन संघिय सांसद एवं नेपाली काँग्रेसका पार्टी सभापति पूर्णबहादर तामाङ (कान्छाराम)ले गरेका थिए । उक्त कार्यक्रममा बोल्दै संघीय सांसद तामाङले ट्रेड युनियन काँग्रेसको संस्थागत विकासमा जहिले पनि लागि पर्ने भन्दै आवश्यक परेको बखत जुनसुकै सहयोग गर्न आफु तयार रहेको बताए ।

Scroll to Top