रामेछाप । ॐ शिव शक्ति कल्याणी साहारा आश्रमको अध्यक्षमा कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
मन्थलीमा शुक्रवार सम्पन्न चौथो साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । त्यसैगरी सो आश्रमको प्रथम उपाध्यक्षमा तारा भण्डारी, द्धितिय उपाध्यक्ष जयवहादुर कठायत, सचिव योगेन्द्र न्यौपाने, कोषाध्यक्ष कोपीला लुइटेल र सह–सचिवमा दुर्गा प्रसाद सत्याल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा क्रमशः सिता मुुग्राती, यशोदा घिमिरे, गोविन्द प्रसाद पौडेल, टिकाराम श्रेष्ठ, पूर्णवहादुर खत्री, ज्ञान वहादुर मगर, पबित्रा श्रेष्ठ र गीता थापा (कार्की) चयन भएका छन् ।
आश्रमका अध्यक्ष नवराज घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले गरेका थिए । सो कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले आश्रमको विकासका लागि पालिकाले सकेको सहयोग गर्ने बताए ।
सोही कार्यक्रमको अवसर पारेर आश्रमका संस्थापक अध्यक्ष कृष्णप्रसाद ढुंगेललाई संस्थाको हितमा काम गरेको भन्दै कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । त्यस्तै आश्रममा नियमित सेवा गर्ने डोरप्रसाद घिमिरेलाई सम्मान गरिएको थियो ।