रामेछाप । बाल यौन दुरुपयोग मुद्धामा दोषी ठहर भएका फरार अभियुक्तलाइ प्रहरीले रामेछापको मन्थली नगरपालिका–१ बाट प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा मन्थली नगरपालिका–१ का ४२ बर्षिय रामकुमार नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बाल यौन दुरुपयोग मुद्धामा रामेछाप जिल्ला अदालतले २०७९ भदौ ९ गते ५ महिना ९ दिनको कैद फैसला सुनाएको थियो ।
अदालतको फैसला पछि फरार रहेका नेपालीलाई प्रहरीले सुराकीको आधारमा मन्थलीबाट पक्राउ गरेकाे हाे । प्रहरीले उनलाइ जिल्ला अदालत रामेछापमा उपस्थित गराएर कैद भुक्तानकाे लागी जिल्ला कारागार कार्यालय रामेछापमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुुलीले जानकारी दिए ।
Post Views: 273