उमाकुण्डमा कर्मचारीको अभाव, सेवाग्राही मारमा

रामेछाप । उमाकुण्ड गाउँपालिकाको कार्यालयमा दरवन्दी अनुसारको पशु, महिला विकास र कृषि शाखामा कर्मचारी नहुँदा नागरिकले सेवा पाउन सकेका छैनन् ।

स्थानिय निकायको निर्वाचन पछि सरकारले सिंहदरवारको सवै सेवा सुविधा स्थानिय स्तरवाट नै प्रदान गर्ने उदघोष गरेको दुई वर्ष वितिसक्दा पनि कर्मचारीको अभावमा रामेछापको उत्तरी क्षेत्रको उमाकुण्ड गाउँपालिकावाट भने सरकारले भनेजस्तो सेवा सुविधा नागरिकहरुले पाउन नसकेका हुन् ।

सरकारले सिंहदरवारको सेवा सुविधा स्थानिय स्तरवाट नै दिने भने पनि उक्त कुरा कागजी रुपमा मात्रै सिमित भएको उमाकुण्ड गाउँपालिका वडा नं ३ कुभुकास्थलीका पबित्रकुमार सुुनुवारले जानकारी दिए । उनले भने– खै सरकारले भनेजस्तो सवै सेवा सुविधा कहाँ छ ? एउटा किसानले पालेको वस्तुलाई नाम्लेको औषधी लिन जाँदा पालिकामा रहेका पशु शाखामा कर्मचारी नहुँदा महिनौ देखी कार्यालयमा ताल्चा लागेको छ । एउटा किसान उन्नत जातको तरकारीको विउँविजन र किटनाषक औषधी लिन दिनभरी लाएर कार्यालयमा पुग्दा एकजना कृषि प्राविधिक कार्यालयमा नहुँदा कार्यालयमा ताल्चा लगाएको छ । यहीँ हो सरकारले भनेजस्तो सिंहदवारको सेवा सुविधा सुनुवारले दुखेसो पोखे ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दुर्गममा पर्ने उमाकुण्ड गाउँपालिका कार्यालय संचालन भएदेखी नै कर्मचारीहरुको अभाव रहेको छ । केही कर्मचारी सरुवा भएर आइहाले भने केही महिनामा नै सरुवा भएर अन्यत्र हिडिहाल्छन् । अन्य कर्मचारीहरु सरुवा भएर यो दुर्गम ठाउँमा आउन नै मान्दैनन् त्यसैले हामीले भनेजस्तो सेवा सुविधा नागरिकलाई दिन नसकेको उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरवहादुर सुनुवारले जानकारी दिए ।

उनले भने– कर्मचारी अभाव हुँदा कार्यालयवाट दैनिक हुने काम कारवाहीहरुमा समस्या भएको र नागरिकहरुले सहज रुपमा सेवा दिन नसकेको भन्दै कर्मचारीको व्यवस्था मिलाइदिनुस भन्दै म जिल्ला प्रशासन कार्यालय, स्थानिय मन्त्रालय देखी सामान्य प्रशासन मन्त्रालयसम्म धाउँदा समेत सम्वन्धित मन्त्रालयले कर्मचारीहरु पठाउन सक्दैन । स्थानिय तहमा नै कर्मचारी भर्ना गर्ने अधिकार देऊ नत भन्दा नत स्थानिय तहलाई नै कर्मचारी भर्ना गर्ने अधिकार दिन्छ ? अनि कसरी स्थानिय तहले नागरिकलाई सहज रुपमा सेवा दिनु अति नै गाह्रो भएको प्रमुख सुनुवारले बताए ।

उमाकुण्ड गाउँपालिकाको कार्यालयमा १९ जना कर्मचारीको दरवन्दी भएता पनि अहिले जम्मा ३ जना कर्मचारीहरु मात्रै कार्यरत छन् । हाल संघमा दरवन्दी भएका प्रमुख प्रशासकिय अधिकृत काजमा कार्यरत छन् भने अन्य दुईजना कर्मचारीहरुले हाल कार्यालयको काम संचालन गर्दै आएका छन् । कार्यालयमा प्रशासनिक, आर्थिक र योजना हेर्ने कर्मचारी नै छैनन् । लेखा अधिकृत र लेखापालको दरवन्दी रहेको उमाकुण्डमा लामो समयदेखी रिक्त रहेको छ । योजना हेर्ने कर्मचारी नहुँदा पालिकाले नियमित योजनाको अनुगमन समेत समस्या भएको उमाकुण्ड गाउँपालिकाले जनाएको छ ।

पालिकामा लामोसमय देखी कर्मचारी अभाव छ । पालिकाका वडाहरुमा कार्यरत सचिवहरुको समेत सरुवा भइसकेकाले उनीहरु पनि असारको अन्तिम हप्तासम्ममा रमाना लिएर हिड्छन । अव पालिकाको कार्यालयमा मात्र हैन वडा सचिवहरु समेत प्राय सवै खालि हुने देखिन्छ । पालिकाले कर्मचारी अभावको बिषयमा लोकसेवा आयोगमा पटकपटक लेखी पठाएता पनि अहिलेसम्म कर्मचारी नपठाउँदा काममा समस्या भएको सो पालिकाका एक कर्मचारीले बताए ।

Scroll to Top