दश महिनामा रामेछापका ६ हजार युवा बिदेशिए

रामेछाप । जिल्लामा रोजगारी नपाएसँगै रामेछापवाट चालुअ आर्थिक वर्षको १० महिनामा रामेछापका ६ हजार युवाहरु रोजगारीको लागि विभिन्न तेस्रो मुलुकमा गएका छन् ।

चालुु आर्थिक वर्ष २०७९÷०८० को दश महिनाको बिचमा रामेछापवाट ५ हजार ७ सय ५४ जना वैदेशिक रोजगारीको लागि विदेश उडेका हुन् । साउन देखी चैत्र मसान्तसम्ममा १ हजार १ सय ५० जना महिला र ४ हजार ६ सय ४ जना पुरुष वैदेशिक रोजगारीको लागि गएका सुरक्षित आप्रवासन कार्यक्रम रामेछापका संयोजक दिपक कुमार केसीले जानकारी दिए ।

गएको आर्थिक वर्ष २०७८÷०७९ मा रामेछापबाट १ सय ४९ महिला र पुरुष ४ हजार ४ सय २६ जना गरी कुल ४ हजार ५ सय ७५ जना वैदेशिक रोजगारीको लागि गएका हुन् । गएको एकबर्षको भन्दा चालु आर्थिक वर्षको दश महिनाको अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रुपमा बृद्धि भएको छ ।

रामेछापबाट वैदेशीक रोजगारीमा जाने युवा युवतीलाई सही सूचना र आवश्यक सिप सिकेर मात्रै विदेश जान सुरक्षित आप्रवासन कार्यक्रम रामेछापले आग्रह गरेको छ ।

Scroll to Top