रामेछापमा दुई फरार अभियुक्त पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले कुटपिट र जर्वजस्ती करणी मुद्धामा फरार रहेका दुई अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कुटपिट अंगभंग मुद्धाको फरार अभियुक्त रामेछाप नगरपालिका–५ रामपुरका ३२ वर्षीय दिपकुमार तामाङ र जवरजस्ती करणी मुद्धाको प्रतिवादी लिखु तामाकोशी गाउँपालिका–३ विजुलीकोटका ४९ वर्षीय सिंगबहादुर कामी रहेका छन् ।

तामाङलाई जिल्ला अदालत रामेछापले ५ महिना ३ दिन कैद र पाँच हजार रुपैंया जरिवाना र कामीलाई ३ वर्ष ५ महिना ७ दिन कैद र एक लाख रुपैंया जरिवानाको फैसला गरेको थियो । अदालतको फैसला पछि फरार रहेका तामाङ्गलाई रामेछाप नगरपालिका–८ रामेछापडाँडावाट र कामीलाई सदरमुकाम मन्थली स्थित देवकोटा चोकबाट प्रक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत रामेछापमा पेस गरी रामेछाप कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Scroll to Top