काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १ हजार १०३ जनामा गरिएको नमूना परिक्षण मध्ये ३८४ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ७१९ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
हाल कोरोनाको संक्रिय संक्रमितको संख्या १०० जना पुगेको छ । अहिले १० जना संस्थागत आईशोलेशनमा, १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचार भइरहेको छ । आज मात्रै २४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।
Post Views: 86