रामेछापकाे देउरालीमा घुम्ती शिविर

रामेछाप । नागरिकलाई गाउँमै सेवा दिने उद्धेश्यले रामेछाप नगरपालिका स्वास्थ्य शाखाले देउराली स्वास्थ्य चौकीमा गरेको एकदिने घुम्ती स्वास्थ्य शिविरमा १ सय १५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

पालिकाले विगत वर्षहरुमा पनि वडा वडामानै स्वास्थ्य शिविर राखेर नागरिकको स्वास्थ्य परीक्षण गराउँदै आएको छ । सोही कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिएको रामेछाप नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णु कार्कीले जानकारी दिए । उनका अनुसार एकदिने स्वास्थ्य शिविरमा आँखा जाँच सेवा ५८ जना, गर्भवती भिडियो एक्सरे ५ जना, महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच २७ जना, मधुमेह सुगर जाँच १०० जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

त्यसैगरी सोही शिविरमा सुत्केरी भएका ५ जनालाई कोशेली बितरण गरिएको छ । त्यस्तै नागरिक आरोग्य केन्द्र सुकाजोरले सुत्केरी महिलालाई सतावरी चूर्ण तथा मालिस तेल ५ जनालाई वितरण गरिएको रामेछाप नगरपालिका जनस्वास्थ्य निरीक्षक रामशरण पौडेलले जानकारी दिए ।

एकदिने स्वास्थ्य शिविरमा रामेछाप नगरपालिकाले जिल्ला अस्पतालसँग सहकार्य गरेर उक्त शिविर संञ्चालन गरेको थियो । शिविरमा जिल्ला अस्पताल रामेछापका डा.मनोज यादव सहितको स्वास्थ्यकर्मीहरुको टिमले स्वास्थ्य सेवा प्रदान गरेका थिए । उक्त शिविरकाे उद्घाटन रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्याैपानेले गरेका थिए ।

Scroll to Top