रामेछाप । अधिवक्ता भगवती पाण्डेले सिङ्गो तामाङ, मगर लगाएत जनजाती समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले अभिव्यक्ति दिएको भन्दै नेपाल मगर संघ र घेदुङले सयुंक्त रुपमा रामेछापमा सोमवार विरोध प्रर्दशन गर्ने भएका छन् ।
मगर संघ र घेदुङ रामेछापले अधिवक्ता पाण्डेले दिएको अभिव्यक्ति विरुद्ध संयुक्त रुपमा विरोध प्रर्दशन गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम राखिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष लालवहादुर मगरले जानकारी दिए ।
उनले भने– शितल भन्ने अभिवक्ता भगवती पाण्डेले सिङ्गो मगर र तामाङ्ग लगाएत आदिवासी समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले व्याख्या गरी आनुवांशिक रुपमा नै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्नेगरी दिएको कपोकप्पीत र भ्रामक र तथ्यहिन अभिाव्यक्तिले हाम्रो आत्मसम्मान र प्रतिष्ठामा गम्भिर चोट पुगेकाले उक्त अभिव्यक्ति प्रति आन्दोलनमा उत्रनु परेको बताए ।
आन्दोलनमा उत्रनु हाम्रो रहर नभई वाध्यता भएको उनीहरुले बताएका छन् । उक्त विरोध कार्यक्रममा रामेछापका अधिकासं मगर समुदाय र घेदुङ समुदायका महानुभावहरु रामेछापको सदरमुकाम मन्थलीमा उपस्थित भई आन्दोलनमा सहयोग पुर्याउन मगर संघका अध्यक्ष लालबहादुर मगर र घेदुङका इन्चार्ज मोक्तानले संयुक्त विज्ञप्ति जारी गरेर जस्तो अपिल गरेका हुन् ।
मगर संघ र घेदुङले गरेको आन्दोलनलाई सहयोग गर्न सबै राजनितिक दलका नेता तथा सांसदहरुसँग पनि छलफल गरिरहेको नेपाल नेपाल मगर संघ जिल्ला समन्वय समिति रामेछापका अध्यक्ष लालवहादुर मगरले जानकारी दिए ।
संयुक्त रुपमा निकालीएको यस्तो छ विज्ञप्ती
प्राइम टेलिभिजनद्वारा मिति २०८०/०४/०७ गते प्रसारित चिया गफ कार्यक्रममा शितल भन्ने अधिवक्ता भगवती पाण्डेले सिङ्गो तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले व्याख्या गर्नुका साथै आनुवांशिक रूपमा नै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्नेगरी दिएको कपोलकल्पित, भ्रामक र तथ्यहीन अभिव्यक्तिले हाम्रो आत्मसम्मान र प्रतिष्ठामा गम्भीर चोट पुर्याएको सन्दर्भमा निजलाई अभिव्यक्ति सच्याउन पटकपटक आग्रह गर्दासमेत अटेर गरेपछि मिति २०८०/०४/०९ गते जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दर्ता भई पक्राउ पुर्जी समेत जारी भएको लामो समय बितिसक्दा पनि निजलाई पक्राउ नगरेपछि बाध्य भई मिति २०८०/०४/१७ गते जिल्ला प्रहरी परिसर टेकु घेराउ कार्यक्रम राखिएको र घोषित १ घण्टे धर्ना कार्यक्रमलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने क्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरी चार दर्जन बढीलाई पक्राउ गर्नुका साथै अश्रुग्याँस, लाठी, रड, बुट प्रयोग गरी एक दर्जन बढी महिला तथा पुरुष अभियान्ताहरुलाई नियन्त्रणमा लिइसकेपछि पनि चरम यातना दिनुका साथै सुन्न, भन्न र लेख्न समेत नसकिने शब्द प्रयोग गरी गाली गलौज गरेको र अमानवीय व्यवहार प्रदर्शन गरी निहत्या एक दर्शन बढी अभियान्ताको टाउको, जिउ र हातखुट्टामा चोट पुन्याई गम्भीर घाइते बनाएको हुँदा हामी नेपाल मगर संघ र नेपाल तामाङ घेदुङ रामेछाप, घाईतेहरुलाई सिघ्र स्वास्थ्य लाभको कामनासहित आगामी आन्दोलन प्रति एक्यबद्धता तथा समर्थन जनाउदै राज्यपक्षले गरेको यस्ता कर्तुत कार्य विरुद्ध एक जुट हुन आम रामेछाप बासी जनसमुदायहरुमा हार्दिक अपिल गर्दछौं ।