काठमाडौँ । नेपाली काँग्रेसले ७ असोजवाट शुरु गरी पुस १६ सम्म ७७ जिल्लाहरुमा गर्न लागेको सय दिने विशेष अभियान नसकेको भन्दै पुनः एक महिना समय थप गरेको छ ।
काँग्रेसले शुरु गरेको अभियानका क्रममा प्राकृतिक प्रकोपको असर, स्थानीय तह उपचुनावका कारण अभियान थाल्न भएको ढिलाइ र अन्य विविध कारणले कार्यसम्पादन हुन नसकेका कारणले समयावधि थपिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
विशेष अभियान सक्न बाँकी रहेका जिल्लाहरुमा केन्द्रीय प्रतिनिधिहरुले आगामी माघ १६ गते शहीद विदसका दिन समापन गर्ने गरी समयावधी थप गरेको हो । केन्द्रिय समितिले जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति लगायतका सबै समितिलाई थप अवधिमा सांगठनिक रूपले गर्न र गराउन निर्देशन गरेको हो ।
काँग्रेसले पार्टीको आन्तरिक संगठनमा कार्य गर्ने गरी ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएर विशेष अभियान संचालन गर्दै आएको छ ।