रामेछापका पूर्वसांसद शेर्पा बिरुद्ध प्रक्राउ पूर्जी जारी

रामेछाप । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेता एवं रामेछापका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

भुटानी शरणार्थी प्रकरणमा शेर्पापनि संलग्न भएको भन्दै उनलाई जिल्ला अदालत काठमाडौंले आइतवार पक्राउ पुर्जी जारी गरेको हो । शेर्पा २०७० को संविधानसभा सदस्य निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित शेर्पा हाल कांग्रेसका महाधिवेशन प्रतिनिधि रहेका छन् ।

नक्कली भुुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका केशव दुलाल र सानु भण्डारीसँग पूर्वसांसद शेर्पाले भेट गरेका थिए । सो घटनामा संलग्न दुलाल र भण्डारी २०७९ चैत १२ देखि हिरासतमा रहेका छन् । उक्त घटनामा शेर्पाको पनि संलग्नता रहेको भन्ने सूचना बाहिरीएसँगै शेर्पा भने फरार रहेका छन् ।

खोजी कार्यमा जुुुटेको प्रहरीले शनिबार काठमाडौंको मैजुबहालस्थित शेर्पाको घरमा प्रहरीले छापा समेत मारेको थियो । तर उनलाई घरमा फेला पार्न भने प्रहरीले सकेन । शेर्पाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेट गरेका थिए । उनले दुुवैजनालाई भेट्ने क्रममा पूर्व गहृमन्त्री बालकृष्ण खाँडलाई नपोल्न आग्रह गरेका थिए ।

नक्कली भुुटानी शरणार्थी प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

Scroll to Top