प्रहरी हिरासतमै पूर्वसांसद शेर्पाको टाउको फुट्यो

रामेछाप । भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेका रामेछापका पूर्वसभासद् आङटावा शेर्पा प्रहरी हिरासत भित्रै घाइते भएका छन् ।

शेर्पाले जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा राखिएको थियो । घाइते भएका उनलाई प्रहरीले वीर अस्पताल पुरयाएर प्रारम्भिक उपचार गराएपछि पुनः प्रहरीले टेकुको हिरासतमा नै लगेको छ । शेर्पाको टाउकोमा ७ वटा टाँका लगाइएको उनका छोरा आङनिमा शेर्पाले जानकारी दिए । । उनले भने बुबालाई अस्पताल भर्ना गरेको छ भन्ने थाहा पाएर म वीर अस्पताल पुुगेको थिए । अस्पतालका डाक्टरले औषधि किनेर ल्याउनुुस भनेपछि म औषधी किन्न निस्केको थिए । त्यहि बेला बुुबालाई प्रहरीले टेकु तर्फ लगेछ ।

उनले थपे भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम पनि मुछिएको भन्दै हिजो सद्धे अवस्थामा आफै प्रहरीको जानुभएको थियो । प्रहरी हिरासतमा बस्दा एकै दिनमा उहाँको अवस्था नाजुक देखे । बुुबासँग बोल्न खोज्दा प्रहरीले बोल्न पनि दिएनन् । बुुबाको शरीर कामिरहेको थियो । मैले बुुबालाई एकदमै त्रासमा देखे । शरणार्थी प्रकरणमा संलग्न नै नभएको घटनामा प्रहगरीले आरोपित जस्तै गरी हिरासतमा राखेर कुटपीट गरेको आरोप शेर्पा परिवारले लगाएका छन् ।

यस बिषयमा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीेले भने शेर्पा बिहान शौचालय जाँदा लडेर घाइते भएकाले उपचारपछि फेरि थप बयान लिन प्रहरी कार्यालयमा नै ल्याएका छौं । घटनामा उहाँको संलग्नता छ छैन यस बारेमा थप अनुसन्धान भइरेको एसएसपी कार्कीले बताए ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै १२ चैत २०७९ मा रकम असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो भने त्यसको तीन दिनपछि मोरङका सागर राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

पक्राउ परेकासँग प्रहरीले लिएको बयानका आधारमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालिन सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, नेता रायमाझीका छोरा सन्दीप लाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान अघि वढाएको छ ।
सो घटनामा संम्लग्न बादलका छोरा प्रतिक थापा, सल्लाहकार राईका छोरा निरज र अन्य केही ब्यक्ति भने अझै फरार रहेका छन् । प्रहरीलाई घटनाको अनुुसन्धान सकेर बुुधवारसम्म प्रहरी राय (प्रतिवेदन) बुुझाउन जिल्ला सरकारी वकील कार्यालयले निर्देशन दिएको छ ।

Scroll to Top