रेशम चौधरीलाई जन्मकैद

काठमाडौँ । कैलालीको टिकापुर घटनामा संलग्न रहेका जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट जन्मकैदको सजाय भोग्दै आएका रेमशलाल चौधरीलाई सर्वोच्च अदालतले पनि सोही निर्णयलाई सदर गरेको छ ।

कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको निर्णय उपर चौधरीले सर्वोच्चमा पुनारावेदन गरेका थिए । सर्वोच्चले पनि अघि भएका दुुईवटा आदेशलाई नै सदर गरेसँगै अब चौधरीले जन्मकैदको सजाय पाएका छन् । सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीको हकमा जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको सजाय सदर गरेको सर्वोच्च अदालतले जनाएको छ ।

कैलाली घटनामा संलग्न दुुई आरोपित सिताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्च अदालतले सफाइ दिएको छ । यता लक्ष्मण थारुलाई जिल्ला अदालत कैलालीले ५ वर्षको सजाय तोकेकोमा सर्वोच्च अदालतले भने ३ वर्ष कैद भुक्तान गर्नुपर्ने फैसला गरेको छ ।

Scroll to Top