नेपाल कतार व्यवसायी संघको अध्यक्षमा चौलागाईं

Posted on: January 15, 2018 | views: 162

दोहा– गत जनवरी १२, २०१८ शुक्रबारका दिन कतारको अलिसान रेष्टुरेण्टमा सम्पन्न नेपाली व्यवसायीहरुको भेलाले नेपाल कतार व्यवसायी संघ कतारको स्थापना गरि अध्यक्षमा महेन्द्र चौलागाईं सर्वसहमतिले चयन गरेको छ । यसै गरि डा. देवकाजि डंगोल संरक्षक रहने गरि उपाध्यक्षहरुमा आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी, समिर मास्के र गोविन्द के.सि. रहेका छन् भने महासचिव सागर नेपला, सचिव उमेश अधिकारी, सह–सचिव रमेश भट्ट र कोषध्यक्ष चुडामणी कार्की चैन भएको छ । 

सदस्यहरुमा नविन सत्याल, डा. नितेस अर्याल, स्याम भुसाल, अबदुल वासिद, रवि गुरुङ, राम श्रेष्ठ, बिकाश प्रसाइ, पुर्ण पोखरिया, सुनिल घिमिरे र मधुकर रिजाल चुनिएका छन् । 

नव गठित टोलीले १४ जनवरीका दिन नेपाली राजदूतावासमा राजदूत रमेश प्रशाद कोईरालासंग प्रत्यक्ष भेटघाट गरि संघको बारे जानकारी गराएको थियो । उक्त भेटघाटमा राजदूतले नव गठित व्यवसायीहरुलाई बधाई तथा कार्य सफलताको कामना दिएका थिए । 

कतारमा विगत सन २००० देखि विभिन्न व्यापार व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरु एक आपसमा समस्य पर्दा आपसिक सहयोग गर्ने, नेपाल र कतारको व्यापारिक सम्वन्धलाई सुदृढ गर्ने र नेपालमा कतारि व्यवसायीहरुलाई लगानि गर्नको लागि पहल गर्ने जसले गर्दा नेपालको आर्थिक विकाशमा टेवा पुग्ने विश्वस्तका साथ नेतृत्व लिएको चौलागाईंले बताएका छन् ।

कतारमा करिव एक हजार भन्दा वढी नेपाली व्यवसायीहरु रहेका छन् । करिव चार लाख नेपालीहरु कार्यरत तथा भारतीय व्यवसायीहरुको बाहुल्यता रहेको कतारमा नेपाली व्यवसायीहरुको संख्या न्यून रहे पनि तुलनात्मक रुपमा नेपालीहरुको शिर उच्च राख्न सफल भएको छ । बिनेश तामाङबाट

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com