एमाले रामेछापको ईन्चार्जमा–पहाडी

रामेछाप । नेकपा एमाले रामेछापले पार्टीको इन्चार्जको जिम्मेवारी नेकपा एमालेका केन्द्रीय सदस्य गणेश पहाडीलाई हस्तान्तरण गरेको छ ।

बिहिबार सदरमुकाम मन्थलीमा बसेको प्रदेश, जिल्ला, तथा स्थानिय ईन्चार्जहरु समेतको संयुक्त बैठकले केन्द्रिय सदस्य एवं सिन्धुलीका नेता पहाडीलाई केन्द्रिय कमिटिले दिएको जिम्मेवारी अनुसार रामेछापको जिल्ला इन्चार्जको जिम्मेवारी हस्तान्तरण सँगै स्वास्गत समेत गरेको हो ।

यसअघि रामेछाप एमाले पार्टी इन्चार्ज रहेका केन्द्रीय सदस्य कैलाश प्रसाद ढुंगेललाई भक्तपुर जिल्लाको इन्चार्ज र पार्टी पोलिटब्यूरो सदस्य कमल चौलागाईलाई दोलखाको इन्चार्जको जिम्मेवारी उनीहरुले सम्महालेका छन् । त्यसैगरी केन्द्रीय सदस्य माधव ढुंगेल र गीता कार्कीलाई रामेछाप जिल्लाका स्थानीय तहको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

एमाले रामेछापको नयाँ ईन्र्चाजको रुपमा आएका पहाडी र जिल्लाबाट जिम्मेवारी लिएर अन्यत्र जान लागेका सबै केन्द्रिय सदस्यहरुलाई एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, सचिव पुरुषोत्तम कडेरिया लगायतका नेताहरुले सोही बैठकमा स्वागत तथा विदाई गरेका छन् ।

Scroll to Top