रिसाएकी प्रेमिका फकाउन सडकभर तीन सय होर्डिङ बोर्ड झुन्ड्याइयो

Posted on: August 23, 2018 | views: 111

एजेन्सी– भारतको महाराष्ट्रमा एक युवाले रिसाएकी आफ्नी प्रेमीका फकाउन सडकभरी होर्डिङवोर्ड झुन्ड्याएका छन् । ति युवाले रातारात आफ्नी प्रेमीकाको नाममा तीन सय होर्डिङ बोर्ड झुन्ड्याएर माफी मागेका छन् । 

रिसाएकी प्रेमिका फकाउने उनको यस शैलीलाई लिएर त्यहाँका नागरिकहरु चकित भएका छन् । पुणे पिपरी–चिचवाडका २५ वर्षीय निलेश खेडकरले सौदागर, वाकड र रहतानीमा अवस्थित तीन सय स्थानमा केहिदिन अघि होर्डिङ बोर्ड टाँगेका थिए । झुन्ड्याइएको होर्डिङवोर्डमा ‘शिवाडे, आइ एम सरी’ लेखिएको थियो । उनले ती होर्डिङ वोर्ड सहरका मुख्य चोकदेखि घरका भित्तासम्म टाँगेका थिए । 

यस घटनालाई लिएर हंगामा मच्चिएपछि मनौवैज्ञानिकहरुले ती युवामा मानसिक समस्या भएको हुनसक्ने बताएका छन् । प्रहरीले अनुसन्धानका क्रममा निलेशलाई पक्राउ गरेको थियो । निलेशले आफ्ना साथी आदित्य सिन्देको मद्दत्मा होर्डिङ वोर्ड टाँगेको खुलेको छ ।

निलेशले आफ्नी प्रेमिका रिसाएका कारण उनलाई फकाउन यस्तो कार्य गरेको बताएका छन् । 

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com