कमिलाले हीरा चोरेर ल्याएपछि यस्तो प्रतिक्रिया (भिडियो)

Posted on: August 31, 2018 | views: 118

युट्युबमा एउटा यस्तो भिडियो सार्वजनिक भएको छ जसमा एउटा कमिलाले हिरालाई बोकेर हिँडिरहेको छ । न्यूयोर्क पोष्टले प्रकाशित गरेमो समाचारअनुसार कमिलाले बोकेको हिरा मालिकलाई फिर्ता दिए नदिएको बारे पत्ता लागेको छैन ।

युट्युबमा राखिएको यो भिडियोमा धेरैले कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘अब म कमिलालाई विश्वास गर्न सक्दिनँ ।’ अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘कसैले हिरा चोरेको हुनसक्छ र आरोप चाहिँ कमिलामाथि लगाइदिएको हुनसक्छ ।’

साथै, मनोज नारायण नामका प्रयोगकर्ताले लेखेका छन्, ‘यो एक तालिमप्राप्त कमिला हो ।’ जसवंत लेख्छन्, ‘करोडपती कमिला ।’ यस्तै अर्का व्यक्तिले लेखेका छन्, ‘संसारको सबैभन्दा धनी कमिला ।’ डेथमेस्टर टु नामका प्रयोगकर्ताले लेखे, ‘यो कमिलालाई किन त्यो हिरा चाहियो ? के यो हिराबाट बनेको थियो ?’

यस्तै, एक प्रयोगकर्ताले लेखे, ‘के कमिला पनि मानिस जस्तै मुर्ख हुन्छन् जसले हिरालाई बहुमुल्य वस्तुको रुपमा हेर्ने गर्छ ?’ द आउटको को एक रिपोर्ट अनुसार कमिला आफूभन्दा ५० गुणा भारी सामान उठाउन सक्छन् । लाइभ साइन्स वेबसाइटमाथि एक अमेरिकी युनिभर्सिटीका जानकारले पनि कमिलाले आफ्नो तौलभन्दा सय गुणा गह्रुँगो सामान उठाउन सक्ने बताएका छन् ।

कसरी बोकेको छ कमिलाले हीरा भिडियोमा हेर्नुहोस्–



Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com