देशभरको मौसम सफा रहने

रामेछाप । देशभर पश्चिमी वायुको प्रभाव रहेकाले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखी साधारणतया बदली रहने र बाँकी देशभरको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज कोशी, मधेश, वाग्मती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने मौसम विभागले जनाएको छ ।

त्यसैगरी कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिीनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

Scroll to Top