पुस महिनामा बैकिङ कसुरका १ हजार १ सय ४६ मुद्दा दर्ता

रामेछाप । देशभर पुस महिनामा मात्रै प्रहरीमा १ हजार १ सय ४६ वटा बैकिङ कसुर सम्वन्धि मुद्दा दर्ता भएका छन् ।

मंसिर महिनाको भन्दा पुस महिनामा प्रहरीमा बैकिङ कसुरका उजुरी दर्ता गर्नेको संख्या बृद्धि भएको हो । प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशभर पुस महिनामा मात्रै ४ हजार ३ सय ४५ वटा मुद्दा दर्ता भएका छन् । जसमध्ये सवैभन्दा बढी काठमाण्डौं उपत्यकामा १ हजार ३ सय ६३ वटा मुद्धा दर्ता भएका छन् भने प्रदेश मध्ये सबैभन्दा बढी ६ सय ५० वटा मुद्धा मधेश प्रदेशमा र सबैभन्दा थोरै १ सय ५१ उजुरी कर्णाली प्रदेशमा दर्ता भएका छन् ।

यस्तै बागमती प्रदेशमा ४ सय २९, कोशी प्रदेशमा ६ सय ३०, गण्डकी प्रदेशमा ३ सय ६, लुम्बिीनि प्रदेशमा ५ सय ४६ र सुदूरपश्चिम प्रदेशमा २ सय ७० वटा मुद्दा दर्ता भएको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा देखिएको छ ।

यसैगरी देशभरका प्रहरी कार्यालयमा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका ६ सय १० वटा उजुरी दर्ता भएका छन् भने आत्महत्याका ४ सय २४, लागू औषधका ४ सय १३, चोरीका २ सय ७२ वटा उजुरी दर्ता भएका छन् ।

त्यस्तै प्रहरीमा ठगीका २ सय २२, सवारी ज्यानका १ सय ६८, जबरजस्ती करणलीका १ सय ५०, ज्यान मार्ने उद्योगका ८५ र कर्तव्य ज्यान मुद्दाका ४१ वटा मुद्दा दर्ता भएका छन् ।
मंसिर महिनाको तुलनामा पुस महिनामा मुद्दा दर्ता दर ३.९२ प्रतिशतले बढेको हो । मंसिरमा ४ हजार १ सय ८१ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

Scroll to Top