सुनको भाउँ आकासियो

रामेछाप । पछिल्लो केही दिनदेखी सुनको मूल्य आकासिने क्रम बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ ।

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँ बढेको छ । हिजो मंगलबार एक तोला सुनको मूल्य १ लाख १७ हजार ७ सय रुपैयाँ थियो । सोमबारको तुलनामा मंगलबार सुनको भाउ ३ सय रुपैयाँ बढेको थियो । एकसाता देखी सुनको मूल्य प्रतिदिन बढ्दै गएको छ ।

सुन सँगै दैनिक रुपमा चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलाको १५ सय २० रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय स्तरमा सुन र चाँदीको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको हो ।

Scroll to Top