रामेछाप । जिल्ला खेलकुद विकास समिति रामेछापको संयोजन तथा रामेछाप जिल्ला फुटबल सङ्घको आयोजनामा हेटौडामा हुन लागेको फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई खेलकुद सामाग्री हस्तान्रण गरिएको छ ।
हेटौडामा हुन लागेका प्रदेश स्तरीय फुटवल प्रतियोगीतामा रामेछापवाट सहभागी हुने खेलाडीहरुलाई जिल्ला फुटबल संघ रामेछापले ७ दिने बन्द प्रशिक्षण कार्यक्रम समेत गराएको थियो । सात दिनसम्म चलेको उक्त प्रशिक्षण कार्यक्रममा नयाँ गोरखगण रामेछापका प्रशिक्षकहरुले खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण कार्यक्रमको समापन जिल्ला फुटवल संघका जिल्ला अध्यक्ष सुन्दर घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्काको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा खेलाडीहरुलाई ड्रेस र सामाग्री समेत हस्तान्तरण गरिएको थियो । खेलाडीलाई वितरण गरिएको खेलकुद सामाग्रीहरु विभिन्न दातासँग समन्वय गरी जम्मा गरिएको संघका अध्यक्ष घिमिरेले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दे कार्यक्रमकी प्रमुख अतिथि खड्काले जिल्ला फुटबल सङ्घले जिल्लाको फुटबल क्षेत्रको विकासमा पु¥याएको सहयोगको प्रशंसा गर्दे प्रशिक्षार्थी खेलाडीहरूलाई आफ्नो मर्यादालाई कामय राखी जिल्लाको नाम उचो राख्ने गरी खेल खेल्न समेत आग्रह गरिन ।
सो समापन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रामेछापलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाहा मगर लगायत जिल्ला स्थित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिती रहेको थियो ।