काठमाडौं, २६ साउन २०७४– मुलुकमा विद्यमान बेरोजगारको अवस्थालाई न्यूनिकरण गर्ने उद्देश्यसहित भोलिदेखि ‘जव एन्ड करिअर फेयर’ मेला हुने भएको छ । साउन २७ र २८ गते दुईदिन चल्ने सो मेलाबाट बेरोजगार युवालाई रोजगारको अवसर जुटाउने अपेक्षा आयोजकले गरेको छ ।
रोजगारदाता र बेरोजगार युवाबीच सिधै सम्पर्क गराई जागिरको अवसर दिलाउनका लागि फेयर आयोजना गर्न लागेको बताइएको छ । बुधबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार एउटै छानामुनि जागिरको अवसर जुटाउनका लागि फेयर गर्न लागिएको हो ।
‘बेरोजगार युवा रोजगारीका लागि कतै भौँतारिन नपरोस् भन्नका लागि हामीले एउटै छानामुनि कम्पनीलाई आवश्यक कर्मचारी उपलब्ध गराउने भएका हौँ’ कार्यक्रम संयोजक शंकर भट्टराईले भने, ‘फेयरमा युवाले कम्पनीमा रोजगारका लागि निवेदन दिन्छन् र कम्पनीले योग्यलाई छनोट गरेर जागिर दिन्छन् ।’
प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा हुने फेयरमा नेपालका १८ र भारतका दुई कम्पनीले सिधै रोजगारको अवसर दिने बताइएको छ । कम्पनीले आफूलाई आवश्यक जनशक्ति फेयरबाट नै छनोट गर्ने भट्टराईले बताएका छन् ।
आयोजकका अनुसार नेपालका सिप्रदी, क्लासिटेक, विरला टायर, सुविसु, डिसहोमलगायत र भारतका रिलायन्स, जिओ मोबाइल कम्पनी र रिलायन्स होटल सहभागी हुनेछन् ।
क्रिश्चियन धर्मभन्दा हिन्दुू धर्म उदार छ : लाउरा अमाजोनेकाजीबहादुर बस्
Posted on: April 8, 2016 Views: 105303
काठमाडौं, फागुन १ । राप्रपाको यही फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा मह
Posted on: April 8, 2016 Views: 5967
दोलखा, २२ साउन २०७४– दोलखाको प्रसिद्ध मन्दिर कालिञ्चोकको फेदीमा आजबाट
Posted on: April 8, 2016 Views: 3997
समाचार विश्लेषण काठमाडौं, मंसिर ६ । केही हप्ता अघि सिंगापुर पुगेका पूर
Posted on: April 8, 2016 Views: 3984