प्रहरी र सशस्त्र प्रहरीमा खुल्यो ३७ सयलाई रोजगारी

Posted on: August 15, 2017 | views: 316

काठमाडौं, ३१ साउन २०७४– नेपाल प्रहरी र सशस्त्र प्रहरीमा गरि करिब तीन हजार ७ सयलाई रोजगारीको अवसर खुल्ला भएको छ । मंगलबार छुट्टाछुट्टै प्रकाशित सूचनाअनुसार नेपाल प्रहरीले एक हजार १७२ र सशस्त्र प्रहरीले दुई हजार पाँच सय जनाको लागि भर्ना खोलेको छ । 

प्रकाशित सूचनाअनुसार सशस्त्र प्रहरी बलले प्रहरी जवान, भान्छे, केश कर्तक, सुचिकार चर्मकर्मी र कुचिकार गरि २५ सय कर्मचारीको भर्ना आह्वान गरेको छ । सशस्त्र प्रहरीले २३ सय जना जवान मात्रै माग गरेको छ । जसमा खुलातर्फबाट १ हजार २१ सय १९ जना माग गरिएको छ भने बाँकी ३ सय ३१ जना आदिबासी जनजाति, मधेसी २ सय ९०, दलित १ सय ५५, पिछडा वर्ग ५२ जना र अमर तथा अशक्त सशस्त्र परिवारको परिवारका लागि ४६ कोटा छुट्टाइएको छ । त्यस्तै भान्छेमा १ सय ७ जनाको माग गरिएको छ, जसमध्ये ५७ जना खुलातर्फका लागि छुट्टाइएको छ । साथै केशकर्तक २५, सुचिकार १५ चर्मकर्मी २० र कुचिकारमा ३५ जना माग गरिएको छ ।

प्रहरीमा ११७२ को माग

यसै गरी नेपाल प्रहरीले पनि मंगलबार नै सूचना प्रकाशित गरी प्रहरी निरीक्षकमा ९१ जनाको माग गरेको छ । ९१ जनामध्ये ४९ जना खुल्ला तर्फबाट छनौट गरिनेछ । २ जना अमर तथा अशक्त प्रहरीको परिवार, १२ जना आदिबासी जनजाति, १२ जना दलित, ८ जना महिला र ६ जना मधेसी तथा २ जना पिछडा वर्गका लागि कोटा छुट्टाइएको छ । प्रहरी निरीक्षकमा दरखास्त दिनेले फाराम बापत ७ सय रूपैयाँ तिर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ । 

त्यसैगरी प्रहरी सहायक निरीक्षकको लागि ३ सय १४ जनाको माग गरिएको छ । जसमा १६९ खुल्लातर्फबाट माग गरिएको छ । बाँकि ६ अमर तथा अशक्त प्रहरीको परिवार, ४४ जना आदिवासी जनजाति, ३९ मधेसी २८ महिला, २१ जना दलित तथा ७ जना पिछडा वर्गको लागि कोटा छुट्टाइएको छ । यसको आवेदन फारामबापत भने ३ सय रूपैयाँ बुझाउनुपर्ने छ ।

प्रहरी जवानमा भने ७ सय ६७ जना माग गरिएको छ । जसमध्ये ४ सय १४ खुल्लातर्फबाट माग गरिएको छ । अमर तथा अशक्त प्रहरीको परिवारका लागि १५, आदीवासी जनजातीका लागि १ सय ८ जना, मधेसी ९४, महिला ६८, दलित ५१ र पिछडा बर्गका लागि १७ जना कोटा छुट्टाइएको छ । यसमा आवेदन दिन चाहनेले भने १ सय रूपैयाँ आवेदन फाराम बापत तिर्नुपर्ने नेपाल प्रहरीले जानकारी दिएको छ ।

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com