असोज १३ सम्म नेपाली सेनामा जागिरको अवसर

Posted on: September 10, 2016 | views: 764

काठमाडौं । नेपाली सेनाले रिक्त अधिकृत क्याडेट पदका लागि १ सय ५० जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले खुलातर्फ ८३ तथा समावेशीतर्फबाट ६७ जना अधिकृत क्याडेटमा पदपूर्ति गर्नेछ । 

इच्छुक आवेदकले सेनाको वेबसाइटबाट दरखास्त फारम भरी सोको प्रिन्टमा १० रुपैयाँको टिकट टाँसेर दरखास्त दिन सक्ने छन् । भदौ १५ देखि असोज १३ गतेसम्म आवेदन दिन सक्ने जंगी अड्डाले जनाएको छ । 

प्रमाणपत्र तह तथा स्नातक तह वा सो सरह उत्तिर्ण भएकाले आवेदन दिन सक्ने छन् । पुरुषका लागि उचाई ५ फिट ३ इन्च, तौल ५० केजी र महिलाका लागि ५ फिट उचाई, ४० केजी तौल न्यूनतम शारिरीक मापदण्ड तोकिएको छ । 

भद्रकाली, हेटौडा, सुर्खेत, सुनसरी, पोखरा र दिपायलका हेर्डक्वार्टरलाई भर्ना केन्द्र तोकिएको छ। ति केन्द्रमा गई इच्छुकले थप जानकारी लिन सक्ने छन् । विज्ञापनको लागि यो लिंकमा क्लिक गर्नुहोस् 

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com