नेपाल राष्ट्र बैंकद्वारा ११४ कर्मचारी माग

Posted on: November 15, 2018 | views: 42

काटमाठौं– नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ११४ जना कर्मचारी माग गरेको छ । बिहीबार एक राष्ट्रिय दैनिकमा प्रकाशित विज्ञापनअनुसार बैंकले  सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनमा २१ जना,  अधिकृत तृतीय चाटर्ड एकाउन्टेन्टमा १० जना सहायक निर्देशक वाणिज्य कानुनमा २ जना, सहायक द्वितीयमा ६८ जना सहायक द्वितीय सूचना प्रविधिमा १३ जनाको माग गरेको छ । 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले कात्तिक २९ (आज बिहीबार) देखि मङ्सिर २८ गतेसम्म दरखास्त दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ । विज्ञापनमा पिछडिएको क्षेत्रका लागि सहायक द्वितीयमा एकनासहित महिला, आदिवासी जनजाती, मधेशी, दलित र अपाङ्गका लागि पनि आरक्षण गरिएको उल्लेख छ । 

समावेशी समूहका उम्मेदवारले आफ्नो शैक्षिक योग्यताको अलावा सम्बन्धित निकायले जारी गरेको प्रमाणपत्र अनिवार्य गरिएको छ । 


Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com