![](http://palpalkokhabar.com/wp-content/uploads/2023/05/8-Palika-Add-Final.gif)
रामेछाप । रामेछापको मन्थली बिमानस्थलमा तारा एयरका दुई पाइलट बिच शुक्रवार बिहान कुटाकुट भएको छ ।
![](http://palpalkokhabar.com/wp-content/uploads/2023/05/Untitled-300-×-600-px-1456-×-180-px.gif)
तारा यएरका बरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठ बिच बिमानस्थलमा नै कुटाकुट भएको हो । क्याप्टेन सन्तोष शाह आज बिहान ८ वजे सोलुको लुक्लाबाट जहाज लिएर मन्थली विमानस्थलमा अवतरण गरेका थिए भने अर्का क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानको लागि विमानस्थलमा रहेको जहाज तर्फ जाँदै थिए ।
![](http://palpalkokhabar.com/wp-content/uploads/2023/03/Suchana.gif)
लुक्लावाट मन्थली आएका क्याप्टेन शाह जहाजवाट ओर्लिएर बाहिर निस्केर हिड्दै गर्दा जहाज भएको ठाउँतर्फ अर्का क्याप्टेन श्रेष्ठ जादै थिए । दुईजनाको भेटमा क्याप्टेन शाहले अर्का क्याप्टेन श्रेष्ठ सँग हात मिलाउन खोज्दा श्रेष्ठले शाहलाई एक चड्कन गालामा हानेर धकेलिदिएपछि क्याप्टेन शाह भुईमा बजारिन पुग्दा सामान्य घाइते भएका छन् ।
उक्त घटनापछि क्याप्टेन श्रेष्ठले जहाज लिएर लुक्ला तर्फ उडेका छन् भने शाह कानुनी उपचारको लागि शाश विरुद्ध निवेदन लिएर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । क्याप्टेन शाहले आफुलाई विना कारण क्याप्टेन श्रेष्ठले हात हालेको भन्दै आवश्यक कारवाहीको लागि निवेदन सहित कार्यालयमा आएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिए । उनले भने– घटनावारे थप अनुसन्धान र सोधपुछ गरिरहेको बताए ।
दुई पाइलटविच के कारणले कुटाकुट भएको यस वारेमा आफुलाई केही जानकारी नभएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख अशोक थापाले जानकारी दिए । उनले भने–घटनापछि क्याप्टेन शाह भएको विमान मन्थली बिमानस्थलमा ग्राउण्डेट गरिएको छ भने लुक्ला पुगेका श्रेष्ठलाई पनि लुक्ला यएरर्पोटमै ग्राउण्डेट गरिएको छ ।
जहाजका दुई क्याप्टेन विच भएको कुटाकुटको बिषयमा कम्पनीवाट इन्क्वायरी भइरहेको र दुवै जनाको पाइलट इजाजत पत्र खारेज गर्ने तयारी भइरहेको पनि तारा यएरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए । उनले भने– दुईजना बिच भएको घटना जहाज उडान सम्वन्धी नभई व्यक्तिगत रिसिइवीको कारणले भएको देखिन्छ । यसवारेमा थप जानकारी लिने काम भइरहेको छ बर्तौलाले भने ।