श्रीलङ्काले पर्यटनवाट ७० करोड कमायो

काठमाण्डौं । श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट झन्डै ७० करोड अमेरिकी डलर कमाइ गरेको छ ।

यो गएको वर्षको चार महिनाको अवधिको तुलनामा १७ दशमलव ८ प्रतिशतले बढी रकम कमाएको हो । श्रीलङ्का पर्यटन विकास प्राधिकरणका अध्यक्ष प्रियन्था फर्नान्डोले अप्रिल महिनामा श्रीलङ्काले पर्यटनबाट १६ करोड ६५ लाख अमेरिकी डलर आम्दानी गर्न सफल भएको बताइन । ‍श्रीलङ्कामा यस वर्षको पहिलो तीन महिनामा तीन लाख ३५ हजार छ सय ७९ पर्यटक भित्रिएका प्रधिकरणले जनाएको छ ।

श्रीलङ्काको पर्यटन उद्योगले सन् २०२३ मा २० लाख आगन्तुकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको फर्नान्डोले गएको महिना घोषणा गरेका थिए । यो पहिलेको १५ लाख पर्यटकको लक्ष्यभन्दा बढी हो । प्रधिकरणले वर्षको पहिलो त्रैमासिकमा सकारात्मक प्रवृत्तिको कारण अनुमानमा संशोधन गरेको थियो ।

श्रीलङ्कामा कोभिड–१९ को महामारी र आर्थिक तथा राजनीतिक सङ्कटका कारण विदेशी मुद्रा आर्जन गर्ने प्रमुख देशमध्येको एक पर्यटन क्षेत्र सबैभन्दा बढी धरासयी बनेको छ ।

Scroll to Top