परम्परागत घर र सास्कृतिक सम्पदा टेकोको भरमा

काठमाण्डौं । ललितपुरको मङ्गलवजार, गावहाल र पाटन दरबार क्षेत्र आसपासमा रहेका परम्परागत घर र सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन् ।

राणाकालीन समयमा निर्माण गरिएका सांस्कृतिक सम्पदा तथा परम्परागत घरहरूलाई विसं १९९० को भूकम्पले क्षती पुर्याएको थियो । त्यसैगरी विसं २०७२ सालमा आएको विनासकारी महाभूकम्पले क्षति पुर्याएको पनि करिव एक दशक वित्न लागेको छ । अहिले ती सम्पदाहरुमा भंगेरा र माकुराले गुड लगाएको छ । यी सम्पदाहरुमा ०७२ सालको भुकम्पपछि टेकाको भरमा अड्याइएको छ ।

ललितपुर महानगरपालिका तिछुँ गल्ली जोम्बाहालका स्थानीयवासी ८३ वर्षीय जुलमला चित्रकार भन्छन् पहिला बाजेको पालामा बनाएका घरहरु निकै दरा र बलिया बनाउँदा रहेछन् । ०७२ सालको भुकम्पले पछि वनाएका नयाँ संरचनाहरु सबै भत्किए तर पुराना घरहरुमा क्षती पुगेन ।

पछिल्लो समय दिनहुँ परम्परागत संरचनाहरू भत्काएर नयाँ संरचना निमार्ण क्रम बढ्दो छ । यहीँ क्रम बढ्दै गएमा हामी नेवार समुदायको कलात्मक शैलीमा निर्माण भएका घरहरूलाई कुनै दिन म्युजियममा खोज्नुपर्ने अवस्था आउन सक्छ । सरकारले परम्परागत घरहरूको संरक्षण र उचित व्यवस्थापन गर्न नसकेकोमा दुःख लागेको चित्रकारले बताए ।

पहिला निमार्ण भएका कलात्मक घरहरु अहिले जिर्ण बनेका छन् । ती घरहरुलाई संरक्षण गर्न सरकारले कुनै चासो नदेखाएको स्थानिय नेवार समुदायले चिन्ता व्यक्त गरेका छन् । सरकारले भूकम्प पीडितका लागि भनेर केही रकम अनुदान दिने निर्णय गरेको तर सरकारले दिएको थोरै रकमले घर निमार्ण गर्न रकम अपुग हुने भएकाले अनुदान रकम समेत आफुले नलिएको अरुण बज्राचार्यले बताए ।

Scroll to Top