फ्रान्समा बलिउड अभिनेत्री खानको पोशाक चर्चा

काठमाण्डौं । फ्रान्समा जारी कान्स २०२३ को रेडकार्पेटमा डेब्यू गरेकी बलिउड अभिनेत्री सारा अली खानले लगाएको पोशाकलाई यतिखेर धेरैले मन पराएका छन् ।

बलिउड अभिनेत्री सारा लेहेंगा लगाएर कान्सको रातो कार्पेटमा पुगेकी थिइन् । उक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै सो पोशाकको चोतर्फी चर्चा भएको छ ।

खानको लुक्स र ग्ल्यामरलाई सबैले मन पराइरहेका छन्। साराले लगाएको लेहेंगा सन्दीप खोसलाले बनाएका थिए ।

रातो कार्पेटमा सञ्चार माध्यमसंग कुरा गर्दै साराले कान्समा आउनु आफ्नो सपना रहेको र आफू अहिले त्यहि छु भन्ने विश्वास नै नलागेको उनले बताएकी थिइन् ।

Scroll to Top