रामेछाप नगरपालिकाबाट १ सय ५० घरधुरी बसाई सरे

रामेछाप । रामेछाप नगरपालिकामा गएको आर्थिक वर्ष २०७९÷०८० (एक वर्षमा) एकसय पचास घरधुरीका ५ सय २८ जना सदस्य बसाई सरेका छन् ।

रामेछाप नगरपालिकाका ९ वटै वडामा पालिकाले अरवौं रुपैयाँ रकम खर्चेर विकास निमार्णका कामलाई तिव्र वनाइरहेका बेला पालिकाबाट भने एकवर्षमै १ सय ५० घरधुरी बसाई सरेका छन् । पछिल्लो समयमा रामेछाप नगरपालिकामा विकास गाउँगाउँमा पुगेपनि गाउँमा बस्ने नागरिकहरु भने शहर मुखी बन्दै गएका हुन् ।

गएको एक आर्थिक वर्षमा रामेछाप नगरपालिकामा ३१ परिवारका ९९ जना अन्य ठाउँवाट रामेछाप नगरपालिकामा बसाई सरी आएको तथ्याङ्क सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखामा रहेको रामेछाप नगरपालिकाका पञ्जिकरण शाखाका कम्प्युटर अपरेटर सन्दिप केसीले जानकारी दिए ।

रामेछाप नगरपालिकामा गएको एक वर्षको अवधिमा २ हजार १ सय ४२ जनाले बालबालिकाको जन्मदर्ता गराएका छन् । त्यस्तै एकवर्षको अवधिमा रामेछाप नगरपालिकामा ५ सय ८२ जनाको मृत्यु भएको छ । जसमा २ सय ९४ जना पुरुष र २ सय ८८ जना महिलाको मृत्यु भएको हो ।

त्यस्तै गएको एकवर्षमा १ हजार १० जनाले विवाह दर्ता गराएका छन् भने ५९ जनाले सम्वन्ध विच्छेद गरेको रामेछाप नगरपालिकाले जनाएको छ ।

Scroll to Top