रामेछाप । २०७९ सालको एसइई परीक्षा उत्तीर्ण भएका ३७ जना माझी समुदायका विद्यार्थीलाई नेपाल माझी विद्यार्थी संघ रामेछापले सम्मान गरेको छ ।
नेपाल माझी विद्यार्थी संघले शनिवार मन्थली नगरपालिकाको सभाहलमा गरेको सम्मान कार्यक्रममा जिल्लाभरका माझी समुदायका विद्यार्थीले एसइई परीक्षामा सहभागी भएर परीक्षा उत्र्तीण गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रमको नेपाल माझी विद्यार्थी संघका जिल्ला अध्यक्ष सुरेश माझीको अध्यक्षता तथा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।
एसइई परीक्षामा उत्र्तीण हुने माझी विद्यार्थीलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले माथिल्लो तहको उच्च शिक्षामा पनि उत्कृष्ट अंक ल्याउने गरी अध्ययन गर्न वालवालिकालाई सुझाव दिएका थिए । उनले हाल नगरपालिकाले सबै बालबालिकाको शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको र माझी समुदायको उत्थानको लागि पनि नगरपालिकाले सकारात्मक सहयोग गर्ने बताए ।
विद्यार्थी सम्मान कार्यक्रमको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल माझी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष धनबहादुर माझी, नेपाल माझी उत्थान संघका केन्द्रिय सचिव गोपाल माझी लगाएतका व्यक्तिहरुको समेत उपस्थिती रहेको नेपाल माझी उत्थान संघ रामेछाप–काठमाण्डौं सम्र्पक समाजका अध्यक्ष बालकृष्ण माझीले जानकारी दिए ।