रामेछाप । लिखु तामाकोशी गाउँपालिका–५ नागदहमा ना १ त ७३२० नम्वरको ट्याक्टर दुर्घटना हुँदा चालक र सह–चालक घाइते भएका छन् ।
सदरमुकाम मन्थलीवाट मिक्सचर लिएर धोबीडाँडातर्फ जादै गरेको उक्त ट्याक्टर नागदहमा पुगेपछि अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेको थियो । दुर्घटनामा परि ट्याक्टर चालक मन्थली नगरपालिका–१ का २४ बर्षिय बिशेष नेपाली र सह–चालक रामेछाप नगरपालिका–८ रामेछापडाँडा वस्ने १८ वर्षिय अनुराग भुजेल घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
उनीहरु दुवैको घटास्थलवाट उद्धार गरी उपचारको लागि सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचारको लागि भर्ना गरिएकोमा सह–चालकको अवस्था सामान्य रहेकाले सामान्य उपचारपछि घर फर्किएका छन् । अर्का घाइते चालक नेपालीको अवस्था जलिट भएकाले थप उपचारको लागि काठमाण्डडौं रिफर गरिएको रामेछाप सामुदायिक अस्पतालका निर्देशक डा.केशव धामीले जानकारी दिए ।