रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानीको साखापानी भन्ने स्थानमा बिहिवार दिउँसो कमेरो माटो लिन गएका तीनजनालाई माटोको ढिस्को झरेर पुर्दा घाइते भएका छन् ।
नजिकैदै गरेको नेपालीहरुको महानचाड बिजयादशमीमा घर छेप्नको लागि कमेरो माटो जोहो गर्न गएका सुनारपानीका अन्दाजी ७० बर्षिय कृष्ण वहादुर सार्की, ३० बर्षिय कृष्ण वहादुर बसेल र वर्ष ५५ का आइते सार्कीलाई खन्दै गरेको माटोको ढिस्को झरेर पुरेको हो ।
माटो खन्दै गर्दा ढिस्को झरेर पुरेको स्थानियहरुले देखेपछि तत्काल घटनास्थलवाट उद्धार गरेर उनीहरुलाई उपचारको लागि मन्थली अस्पतालमा पुर्याइएको मन्थली नरपालिका–५ सुनारपानीका वडा अध्यक्ष नविक कार्कीले जानकारी दिए ।
हाल घाइतेहरुको मन्थली अस्पतालमा उपचार भइरहेको र तीनै जना खतरा मुक्त रहेको मन्थली अस्पतालका डा.केशव धामीले जानकारी दिए । रामेछापमा वर्षेनी चाडवाडको बेला यस्ता घटनाहरु हुने गरेका छन् ।