श्रीकृष्ण जन्माष्टमीको अवसरमा गुन्सीमा कृष्ण मन्दिर

रामेछाप । नेपालीहरुको महानपर्व श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सुनापति गाउँपालिका–१ गुन्सीमा कृष्ण मन्दिरको उद्घाटन गरिएको छ ।

उक्त मन्दिरको निमार्ण कार्य सम्पन्न भएपश्चात कृष्णाष्टमीकै दिन पारेर सुनापति गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् । मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तामाङले नव निर्मित मन्दिर हिन्दु धर्मालम्वीहरुको लागि बरदान सावित हुने बताए ।

मन्दिर निमार्णको लागि सुनापति गाउँपालिकाको गएको चालु आर्थिक वर्ष २०७९÷८० मा छुट्टाएको ५ लाख रुपैयाँ र बीस प्रतिशत स्थानिय जनश्रमदान गरी उक्त मन्दिर निमार्ण कार्य सम्पन्न भएको हो । मन्दिरमा राख्ने राधाकृष्ण भगवानको मूर्ति, गजुर र घण्टी नेपाली काँग्रेसका आमन्त्रीत सदस्य खनियापानी निवासी रमेश खड्काले सहयोग स्वरुप उपलव्ध गराएको सुनापति गाउँपालिका–१ गुन्सीका वडा अध्यक्ष ध्रुवप्रसाद चौलागाईले जानकारी दिए ।

मन्दिर उद्घाटन कार्यक्रममा सुनापति गाउँपालिकाका उपाध्यक्ष गीता बिष्ट, वडा अध्यक्ष, वडा सदस्यहरु र स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । कृष्ण जन्माष्टमीकै दिन उक्त मन्दिर उद्घाटन हुँदा सयौं दर्शनार्थीहरु दर्शन गर्न आउनेको घुइचो लागेको थियो ।

Scroll to Top