रामेछाप । नेपाल निजामती सेवा दिवसको अवसर पारेर बिहिवार रामेछापमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
निजामती सेवा दिवसको अवसर पारेर कर्मचारीहरुले नेपाल रेडक्रस सोसाइटी रामेछापको प्राविधिक सहयोगमा जिल्ला अस्ताल रामेछापमा रक्तदान कार्यक्रम गरिएको हो । सो कार्यक्रममा सहभागीहरु मध्ये १८ जनाले रक्तदान गरेका छन् ।
संकलित रगत अस्पतालमा उपचार लिन आउने विरामीलाई आवश्यकता अनुसार उपलव्ध गराइने जिल्ला अस्पताल रामेछापका मेडिकल सुपरिटेन्डेन्ट डा. गगन अधिकारीले जानकारी दिए ।
Post Views: 207