ट्रान्सफर्मरमा पतपती धुँवा र आँगो,रामेछाप विधुत प्राधिकरण दिदैन चासो

रामेछाप । सदरमुकाम मन्थलीमा खानेपानी तान्नको लागि राखिएको विद्युत ट्रान्सफर्मरमा पतपती धुँवा र आँगो निस्कदा समेत नेपाल विद्युत प्राधिकरण रामेछापले कुनै चासो नदिदा ठूलो दुर्घटना हुन सक्ने खतरा बढेको छ ।

नेपाल विद्युत प्राधिकरणले चासो नदिदा दैनिक १० देखी २० पटकसम्म विद्युत अवरुद्ध हुँदै आएको छ । विद्युतको भोल्टेज कम र बढी हुँदा खानेपानी तान्न प्रयोग भएका लाखौं मूल्य बराबरका उपकरणहरुमा क्षती पुगेको छ । विद्युतको भोल्टेज गडबडीकै कारण हाटेचौर स्थित तामाकोशी नदी किनारमा पानी तान्ने प्रयोजनको लागि राखिएको ट्रान्सफर्मरमा पतपती धुँवा निस्केर आगो निस्कने गरेको छ । पानी खोल्ने पालेले ट्रान्सफरर्मरमा धुँवा निस्कने वित्तिकै पानी तान्ने उपकरण बन्द गर्ने र धुँवा नआउँन्जेल पानी तान्ने गर्दै आएका छन् ।

एकातिर बिद्युत नियमित नहुँनु विद्युत आएपनि पानी तान्ने बित्तिकै ट्रान्सफर्मरमा धुँवा निस्कने गर्दा एकहप्ता देखी पानी तान्न समस्या भएको छ । विद्युत समस्याकै कारण अहिले वजार लाइनमा वितरण गरिदै आएको खानेपानी नियमित रुपमा वितरण गर्न समस्या भएकाले दिन बिराएर पानी एक टाइम मात्रै वितरण गर्न वाध्य भएको मन्थली सामुदायिक खानेपानी उपभोक्ता सरसफाई समितिका व्यवस्थापक जगदीश सुवेदीले जानकारी दिए ।

उनले भने– विद्युत गडवडी छ, बत्ती आइहाले पनि सहजै मेसिन चलाउन मिल्ने अवस्था छैन् । मेसिन चलाउने बित्तिकै ट्रान्सफर्मरमा पतपती धुँवा निस्कने समस्या छ । हामीले तत्काल ट्रान्सफर्मर फेरिदिन विद्युत प्राधिकरणमा अनुरोध गरेका छौ । तर अहिलेसम्म विद्युत प्राधिकरणले फेरिदिएको छैन् । ट्रान्सफर्मर नयाँ नराखेसम्म नियमित प्रयाप्त मात्रामा पानी वितरण गर्न सक्ने अवस्थामा नरहेको सुवेदीले बताए ।

रामेछापमा जोडिएको ढल्केवर सवस्टेसन र खिम्ती सवस्टेसनवाट ल्याएको विद्युत दुवै तर्फ समस्या आएकाले विद्युत नियमित हुन नसकेको नेपाल विद्युत प्राकिरण रामेछाप वितरण केन्द्रका प्रमुख दिपेन्द्र बुढाथोकीले जानकारी दिए । उनले भने– विद्युतमा केही दिन देखि समस्या छ । खानेपानीको लागि छुट्टै नयाँ ट्रान्सफर्मर आइसकेको छ । हामी उक्त ट्रान्सफर्मर आज वेलुका नभए भोली विहानसम्म जडान गरी खानेपानी वितरणमा सहज बनाउने तयारीमा छौं ।

सदरमुकाम मन्थलीमा खानेपानीको वैकल्पीक मुहान नहुँदा तामाकोशी नदी किनारमा इनार निमार्ण गरी पानी विद्युतीय माध्यम लिफ्ट प्रणालीवाट तानेर बाधियाँचौर, सिडियो क्वाटर, चुच्चे ढुङ्गा र गिद्धबस्ने बर्राको रुख छेउमा निमार्ण गरिएको रिर्जभ ट्याङ्कीमा पानी संकलन गरि वितरण गरिदै आएको छ । यसअघि भलुवाजोरको गुवाखोला र सुनारपानीको मचवारी खोला मुहान गरी ल्याइएको पानीको मुहान सुकेपछि सदरमुकाम मन्थलीमा वैकल्पीक रुपमा तामाकोशी नदी किनारमा इनार निमार्ण गरी उक्त पानी हाल वितरण गरिदै आएको छ ।

मन्थली सामुदायिक खानेपानी उपभोक्ता सरसफाई समिति मार्फत वितरण गरिएको पानी धारा संख्या १ हजार ५ रहेको छ । जसमा व्यक्तिगत धारा जडान गर्नेको संख्या ९ सय ४५ रहेका छन् भने सरकारी कार्यालय र स‍घसस्थामा जडान गरिएको धारा संख्या ६० वटा रहेको छ । यसवाहेक १ वटा धारा अत्तिरिक्त जडान गरिएको सो समितिले जनाएको छ ।

Scroll to Top