अस्पताल बनाउन दाजुभाईले गरे जग्गा दान

रामेछाप । गाउँमा अस्पताल नहुँदा आफ्नी आमाले उपचार नपाएर अकालमा ज्यान गुमाएपछि आफ्नी आमाको जस्तै गरी गाउँका कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्धेश्यले गाउँमा अस्पताल निमार्ण गर्नको लागि दुई दाजुभाईले २ रोपनी जग्गा दान गरेका छन् ।

रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीको गाल्पा बतासे डाँडामा सामुदायिक अस्पताल बनाउने स्थानिय डा.दिलवहादुर तामाङले अस्पताल निमार्ण गर्ने योजना अघि सारेपछि सोही गाउँका मोहन कुमार तामाङ र शम्भु घिसिङले २ रोपनी जग्गा सयुक्त रुपमा कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पतालको नाममा मालपोत कार्यालय रामेछापमा आएर रजिष्टेसन पास गरेर हस्तान्तरण गरेका छन् ।

दुई दाजुभाईले प्रदान गरेको उक्त जग्गाको मूल्य अहिलेको वजार भाउ अनुसार करिव ५० लाख रुपैयाँ पर्ने मालपोत कार्यालय रामेछापले जनाएको छ । अहिले निमार्ण गर्न लागिएको अस्पताल खाँडादेवी, सुनापति र दोरम्वा गाउँपालिकाको विच केन्द्र बिन्दुमा पर्ने भएकाले उक्त क्षेत्रमा अस्पताल अती आवश्यक रहेको स्थानियहरुले बताएका छन् ।

Scroll to Top