सुनकोशी नदीमा एक पुरुषको शव फेला

रामेछाप । खाँडादेवी गाउँपालिका–१ खैरनी स्थित मोटरबोले पुल नजिकै सुनकोशी नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ ।

सुनकोशी नदीले बगाई ल्याएको उक्त शव खैरनी स्थित सुनकोशी नदी किनारमा तैरीरहेको अवस्थामा स्थानियहरुले देखेपछि प्रहरीलाई खवर गरेका थिए । नाम थर वतन खुल्न नसकेको उक्त शव अन्दाजी ५०÷५२ वर्ष उमेर समुहको देखिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीले शव भेटिएको घटनास्थलमा पुगी मुचुल्का उठाएर पोष्र्टमार्टमको लागि मन्थली अस्पतालमा ल्याएको जनाएको छ ।

Scroll to Top